Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित भएको छ। त्रिभूभव अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार काठमाडौँमा हावाहुरीसहित भारी वर्षा भएपछि उडान प्रभावित भएका हुन्। कार्यालयका प्रवक्ता सन्तुष्टकुमार विष्टले दुईवटा अन्तर्राष्ट्रियसहित आन्तरिक उडान प्रभावित भएको जानकारी दिए।

धनगढी, बिराटनगर, भद्रपुरबाट आएका आन्तरिक उडान उतै फर्किएका छन् भने दिल्लीबाट आएको विमान पनि डाइभर्ट गरिएकाे उनले जानकारी दिए। मौसम खुलेपछि उडान सुचारु हुने उनको भनाइ छ।