Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गगन थापाको राजीनामा अस्वीकृत

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । तर यसको आधिकारिक निर्णय भने हुन बाँकी छ ।

बैठकमा सहभागी सबै जना नै थापाको राजीनामाको विपक्षमा रहेका केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए । अब आइतबार बस्ने बैठकले थापाको राजीनामाबारे आधिकारिक निर्णय गरेर अस्वीकृत गर्ने उनले बताए । ‘हामी आइतबारको बैठकबाट मात्र उहाँको राजीनामा आधिकारिक रूपमा निर्णय गरेर अस्वीकृत गर्छौं,’ उनले भने ।