2026-10-01 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो

काठमाडौँ | इरानी सुरक्षा फौजले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुलेको छ । इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट नियन्त्रणमा लिएका नेपालीको परिचय खुलेको हो । पक्राउ पर्ने उदयपुरको गाईघाटका ३० वर्षीय अमृत झा रहेको खुलेको छ । अमृतकी दिदी पूजा झाका अनुसार, आठ दिनअघि एउटा अपरिचित नम्बरबाट ह्वाट्सएपमा आएको ‘भ्वाइस मेसेज’मार्फत उनी पक्राउ परेको जानकारी परिवारले पाएको थियाे । सन्देशमा अमृतले आफू र अन्य केही भारतीय नागरिकलाई इरानी सेनाले हिरासतमा राखेको बताएका छन् ।

दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका अमृत त्यहाँस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा कार्यरत थिए । ‘गत जनवरी १२ मा अन्तिम पटक फोन हुँदा काम सकिन लागेको र सिधै नेपाल आउने बताएको थियो,’ पूजाले भनिन्, ‘अचानक भाइ पक्राउ परेको खबरले हामी स्तब्ध छौँ । उसको सुरक्षित रिहाइका लागि पहल गरिदिन कन्सुलर विभागमा निवेदन दिएका छौँ ।’

परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले एक नेपाली इरानी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेका छन् । यद्यपि, इरान सरकारले औपचारिक रूपमा यसबारे जानकारी नदिएको उनले बताए । कतारस्थित नेपाली दूतावासले यसबारे इरानी पक्षसँग थप बुझ्ने प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू