2026-08-03 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा

काठमाडौँ | गैरआवासीय नेपाली संघ एनआरएनएको १२औँ महाधिवेशनअन्तर्गत आगामी २०२६–२७ कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्, जसले संस्थाभित्रको एकता र सहमतिमा आधारित नेतृत्वलाई थप मजबुत बनाएको छ।

यसैक्रममा महिला सहकोषाध्यक्ष पदमा दक्षिण कोरियाबाट

गङ्गा खतिवडा

निर्विरोध चयन भएकि छन । एनके कस्मेटिककी प्रबन्ध निर्देशकसमेत रहेकी खतिवडाको चयनलाई संस्थाको आर्थिक व्यवस्थापनमा नयाँ विश्वास र ऊर्जा थपिएको रूपमा हेरिएको छ ।

संस्थागत सुदृढीकरण, पारदर्शिता र वित्तीय अनुशासनप्रति स्पष्ट प्रतिबद्धता राख्दै आएकी खतिवडाले अब संघको आर्थिक संरचनालाई अझ व्यवस्थित, विश्वसनीय र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ । स्रोत व्यवस्थापन, खर्च नियन्त्रण तथा दीर्घकालीन आर्थिक योजना निर्माणमा उनको भूमिका निर्णायक रहने विश्वास गरिएको छ।

वित्तीय इमान्दारिता, जिम्मेवारी र पारदर्शितालाई केन्द्रमा राखेर काम गर्ने उनको कार्यशैलीले संघको आर्थिक मेरुदण्डलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। साथै, प्रत्येक निर्णयमा जवाफदेहिता कायम गर्दै सदस्यहरूबीच भरोसा अभिवृद्धि गर्ने दिशामा उहाँ अग्रसर रहने देखिन्छ।

गङ्गा खतिवडाको नेतृत्वमा आर्थिक व्यवस्थापन केवल प्रक्रिया मात्र नभई विश्वासको आधारका रूपमा स्थापित हुने विश्वास गरिएको छ। उनको निर्विरोध चयनले एनआरएनएलाई आर्थिक रूपमा अझ सक्षम, सशक्त र दिगो बनाउने नयाँ अध्यायको सुरुआत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला