2026-09-10 09:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईईमा सहभागी हुने विद्यार्थी घटे

काठमाडौँ | यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने विद्यार्थी घटेका छन्। गत वर्षको तुलनामा यस वर्ष चार हजार विद्यार्थी घटेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। अधिकारीका अनुसार, यस वर्ष ५ लाख १० हजार विद्यार्थीले एसईई परीक्षामा सामेल हुने भएका छन्। गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए।

यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन्। त्यस्तै, जापानबाट २३ विद्यार्थीले एसईई दिने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले एसईईको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। केही जिल्ला मात्रै प्रश्नपत्र पठाउन बाँकी रहेको परीक्षा नियन्त्रक अधिकारीले बताए। परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री चैत्र १४ गतेसम्म सबै जिल्लामा पुर्‍याइसकिने उनले बताए। उनका परीक्षालाई मर्यादित बनाउन चार वटा सुरक्षा निकायको केन्द्रीय सुरक्षा समितिसँग छलफल गरिएको छ।

यस वर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुँदै छ। फागुन २१ गतेको निर्वाचनका कारण एसईई परीक्षा दुई साता सारिएको हो। एसईईको नतिजा असारको तेस्रो साता प्रकाशन गर्ने योजना रहेको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट