२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

२०८२, १२ चैत्र बिहीबार १२:३३

काठमाडौँ | नेपाल बार एसोसिएसनले गौरीबहादुर कार्की नेतृत्वको ‘जेन–जी आन्दोलन जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनप्रति असहमति जनाएको छ। आयोगले आफ्नो क्षेत्राधिकार नाघेर न्यायालय र कानुन व्यवसायीको मानमर्दन हुने गरी आपत्तिजनक विषयहरू समावेश गरेको भन्दै बारले आजै दिउँसो १:३० बजे सल्लाहकार समितिको बैठक बोलाएको छ।

बारका महासचिव केदारप्रसाद कोइरालाका अनुसार प्रतिवेदनले कानुन व्यवसाय र न्यायालयप्रति समाजमा नकारात्मक भ्रम छर्ने काम गरेको छ। उनले यस विषयमा कानुन व्यवसायीहरूबीच गम्भीर छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गरिने बताए। आयोगको प्रतिवेदनमा न्याय प्रणालीलाई ‘वकिलको स्वर्ग’ हुनबाट बचाउनुपर्ने र न्याय सुलभ बनाउन वकिलहरूको चर्को ‘फि’ लगायतका विसङ्गतिहरू अन्त्य गर्नुपर्ने उल्लेख छ। प्रतिवेदनको एउटा अंशमा भनिएको छ, “पहुँच र पैसा नहुनेका लागि न्याय धेरै टाढाको विषय भएको छ। पक्षको तर्फबाट बहस गर्ने वकिलहरू यति खर्चिला छन् कि साधारण निवेदन लेखिदिएको मात्र पनि हजारौँ असुल गर्दछन्।”

यही टिप्पणीले समग्र कानुन व्यवसायीहरूको छविमा आँच पुर्‍याएको बारको ठहर छ। आयोगले आन्दोलनको छानबिन गर्ने मुख्य जिम्मेवारी छाडेर न्यायालयको आन्तरिक र व्यावसायिक पाटोमा अनावश्यक टिप्पणी गरेको भन्दै बारले असन्तुष्टि व्यक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी