2026-09-10 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको विद्रोह सरकार, देश र जनताविरुद्ध भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २३ र २४ भदौको सबै कुरा देश, जनता र एमाले सरकारविरुद्ध आयोजना गरेको दाबी गरेका छन् । उनले भने, ‘२३ र २४ भदौमा भएकाको जे नाम दिए पनि हाम्रोविरुद्ध, हाम्रो सरकारका विरुद्ध, देश र जनताविरुद्ध आयोजना गरेको थियो । हाम्रो नीति र विचारका विरुद्ध थियो ।’

उनले कानुनविपरीत विघटन गरेको संसद पुनर्स्थापना गर्न पनि आफूले साथ नपाएको गुनासो गरे । उनले भने, ‘संसद पुनर्स्थापना गर्नतर्फ जाऊँ भन्दा साथ पाएनौँ । एमालेविरुद्ध भएको सबै जनमत आफ्नो भागमा आउँछ । एमालेका विरुद्ध फैलाइएको घृणाको लाभ पाउने आस गरेर चुनावमा गएकाहरूलाई पनि अहिले ठिक्क परेको छ । एमाले तेस्रो पार्टी भयो । उहाँहरूको अवस्था देखिहालियो ।’

एमालेले धक्का खाएको भए पनि त्यो आफ्नो र पार्टीको नीतिका कारण नभएको बताए । उनले भने, ‘एमाले बिग्रेको छैन । मैले सच्चिनुपर्ने केमा हो ? पार्टी विचारहीन बनाउनुपर्‍यो कि ? नत्र केमा सच्चिने ? हामी सही ठाउँमा छौँ । सांगठनिक हिसाबले कमजोर भएका छौँ । नीतिमा कुनै त्रुटि छैन । हाम्रो सही नीतिमाथि प्रहार हुँदा झेल्न सकेनौँ । यसमा हीनताबोध नगर्नुहोस् ।’

उनले सांसदहरूलाई संसदीय मोर्चामा खरो उत्रन र प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निभाउन पनि निर्देशन दिएका छन् । उनले भने, ‘प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निभाउनुपर्छ । सरकारका खराब काम, कमी कमजोरीको खबरदारी गर्नुपर्छ ।’संसदमा पार्टीका विचारभन्दा बाहेक मलाई यस्तो लाग्यो भनेर नबोल्न पनि निर्देशन दिएका छन् । उनले भने, ‘पार्टी एकताबद्ध र एक ढिक्का भएर अघि बढ्नुपर्छ । जति बेला पार्टी प्रतिकूल अवस्थामा हुन्छ, त्यतिबेला पार्टीभित्र अनेक प्रकारका समस्या निकाल्नु उपयुक्त हुँदैन । हामी आफू खुसी चल्न त्यहाँ पुगेका होइनौँ ।’

ओलीले राष्ट्रलाई क्षत्‌विक्षत् गर्ने प्रयास भइरहेको पनि बताएका छन् । उनले भने, ‘जातजातमा विभाजन भएको छ । जातलाई मत दिनु गलत हो । जनतालाई विभाजन गर्ने काम भएको छ । एमालेविरुद्धको कुप्रचार रोक्नुपर्छ ।’सांसदहरूसँग ओलीले २०७६ देखि २०७८ सालसम्म आफ्नै पार्टीभित्रबाट आफ्नै सरकार ढाल्ने खेल भएको आरोप लगाए । उनले भने, ‘२०७४ देखि २०७९ सम्म संसदमा अराजकताको पराकाष्ठा थियो । आफ्नै सरकार ढाले । सरकारले असाधारण काम गर्दा पनि आफ्नैहरूले उछितो काढे । अन्याय अत्याचार भयो भन्ने भाष्य बनाइयो । घृणा फैलाइयो । विपक्षीलाई मत दिएर सरकार बनाइयो । लोकतन्त्रविरुद्ध भद्दा क्रियाकलाप भए । नेताहरूले गलत बोटोको अभ्यास गरे ।’

सांसदहरूलाई निर्देशन दिँदै ओलीले संसद र सडकमा मोर्चाबाट लड्ने बताएका हुन् । छिट्टै अभिमुखीकरणको कार्यक्रम राखेर सांसदलाई विज्ञबाट प्रशिक्षित गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट