2026-09-10 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने

काठमाडौँ | नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै अर्थतन्त्र सुधारका लागि तीन महत्वपूर्ण निर्णय गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले अर्थतन्त्रको यथार्थ अवस्था सार्वजनिक गर्ने र अवरोध बनेका पुराना कानुनहरू हटाउने प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन्।

मन्त्री वाग्लेले चैत १२, २०८२ सम्म मुलुकको वास्तविक आर्थिक अवस्थालाई समेटिएको ‘आर्थिक स्थितिपत्र’ (श्वेतपत्र) तयार गर्ने निर्णय गरेका छन्। सोही आधारमा निर्वाचनका वाचा कार्यान्वयन गर्न १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना निर्माण गरिनेछ।

यसका साथै, अर्थतन्त्रमा देखिएका कानुनी जटिलता समाधान गर्न ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१’ को प्रतिवेदन कार्यान्वयनमा ल्याइनेछ। उक्त प्रक्रियाअन्तर्गत राजस्व अनुसन्धान विभागसँग सम्बन्धितसहित करिब १५ वटा पुराना तथा असान्दर्भिक ऐनहरू खारेज गर्ने तयारी गरिएको छ। निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र ठूला लगानी आकर्षित गर्न उनले निजी उद्यम–व्यवसायको सुरक्षा तथा प्रवर्द्धन र विकास आयोजनाको सहजीकरणका लागि नयाँ विधेयक ल्याउने वा विद्यमान कानुन संशोधन गर्ने प्राथमिकता तय गरेका छन्। यसका लागि विस्तृत ‘आर्थिक–कानुनी सुधार मार्गचित्र’ तयार गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट