2026-07-03 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा (मत सर्वेक्षणसहित)

2017-11-01

सन्देश पौडेल/कात्तिक १५, लमजुङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भएको हो । 

जिल्लामा वाम गठबन्धन नयाँ होइन । सम्पन्न स्थानीय तह निर्वाचनमा पनि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको हो । स्थानीय तह निर्वाचनको नतिजाअनुसार जिल्लाका आठ स्थानीय तहमध्ये प्रमुख पदमा नेपाली काँग्रेस २, एमाले ५ र माओवादी केन्द्रले एक पद जितेका छन् । यस्तै, उपप्रमुख पदमा काँग्रेसले तीन, एमालेले चार र माओवादी केन्द्रले एक पद जितेका छन् । 

जिल्लामा आठ स्थानीय तहमा ७५ वडा रहेका छन् । स्थानीय तहको निर्वाचन परिणामअनुसार ३४ वडामा नेपाली काँग्रेसले जितेको छ भने ३६ वडामा एमाले र एउटामात्रै वडामा माओवादी केन्द्रले जित हात पारेको छ । 

स्थानीय तहको मत परिणामअनुसार सबै स्थानीय तहबाट प्रमुखले पाएको मतलाई आधार मान्दा वाम गठबन्धन एक हजार २९६ मतले अघि देखिन्छ । स्थानीय तह निर्वाचनमा वाम गठबन्धनको ३३ हजार ६३३ मत आएको छ भने नेपाली काँग्रेसले ३२ हजार ३३७ मत प्राप्त गरेको छ । सोबाहेक प्रमुख पदमा अन्य दलको एकमुष्ठ तीन हजार ८६८ मत आएको थियो । 

स्थानीय तहको निर्वाचनमा सुन्दरबजार नगरपालिकामा काँग्रेसका बागी उम्मेदवार द्वारिका मिश्रले नै दुई हजार ७३० मत ल्याएका थिए । प्रतिनिधिसभा निर्वाचनमा सो मत काँग्रेसमा थपिएमा अन्य मतबाहेक नेपाली काँग्रेस वाम गठबन्धनभन्दा एक हजार ४३४ मतले अगाडि देखिन्छ । 

यसैगरी, पछिल्लो संविधानसभा निर्वाचन मत परिणामअनुसार पनि लमजुङको चुनावी प्रतिष्पर्धा कडा देखिन्छ । दोस्रो संविधानसभाको निर्वाचन मत परिणामअनुसार जिल्लामा काँग्रेसको जम्मा मत २५ हजार १७६ छ भने एमालेको मत २५ हजार ४०२ रहेको छ । 

सोही निर्वाचनमा तत्कालीन एनेकपा (माओवादी)ले ११ हजार ६५० मत ल्याएको थियो । करिब चार हजार मत ल्याएको राप्रपासहित अन्य दलको मत पाँच हजार ५०० को हाराहारीमा रहेको थियो । तत्कालीन राप्रपा हाल लोकतान्त्रिक गठबन्धनमा भएकाले चुनावी प्रतिष्पर्धा कडा देखिएको हो । 

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि करिब १० हजार नयाँ मतदाता थपिएका छन् । सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख पाँच हजार ९९२ मतदाता रहेका थिए भने हाल नौ हजार ४५७ मतदाता थपिएर एक लाख १५ हजार ४४९ जना पुगेका छन् । 

जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं निवर्तमान राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, वाम गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । 

सोबाहेक जिल्लामा अन्य आठ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । अन्यदलले उम्मेदवारी दिएपनि मुख्य प्रतिष्पर्धा भने लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच नै हुने देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक