२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीमा चुनावी माहोल तात्यो, १६८ जनाको उम्मेदवारी

२०७४, १७ कार्तिक शुक्रबार १०:५७

सुरेश झा/कात्तिक १७, सप्तरी । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा चुनावी माहोल तातेको छ । 

बिहिबार मनोनयन दर्तापश्चात् राजविराजलगायत शहरी तथा ग्रामीण क्षेत्रको बजार चोक, पसल र सार्वजनिकस्थलमा निर्वाचनको बहस, छलफल र प्रचारप्रसार शुरु भएकोे छ । 

राजविराजको विभिन्न छापाखाना र आर्टमा पसलमा पार्टीको झण्डा, ब्यानर र आकर्षक नारा सहितका पम्पप्लेट छपाइको कार्य भ्याइनभ्याइ भएको व्यवसायीको भनाइ छ । आफ्नो पार्टीबाट टिकट नपाएका नेताले स्वतन्त्र उम्मेदवारी दिएर आफ्नो प्रचारप्रसारमा लागेको र त्यसबाट ठूला दलका उम्मेदवारलाई निर्वाचनमा समस्या परेको सम्बद्ध दलका प्रतिनिधिको गुनासो छ । 

राजपाबाट टिकट नपाउनु भएएका स्वतन्त्र उम्मेदवार लक्ष्मण यादव र सहमहामन्त्री जयप्रकास ठाकुर, संघीय समाजवादी पार्टीबाट टिकट नपाएका भीमराज यादव पनि बागी उम्मेदवार बन्नुभएको छ । 

पार्टीले भेद्भाव गरेकोले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको उहाँहरूको तर्क छ । उता नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन र संघीय समाजवादी पार्टी र राजपाबीचको गठबन्धनले सप्तरी जिल्लाको चारवटा ससंंदीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा सदस्यको निर्वाचनको अवस्थाबारे जनस्तरमा व्यापक छलफल र बहस शुरु गरेको छ । 

जिल्लामा कुन पार्टीका उम्मेदवार विजयी हुने भन्ने भविष्यवाणी गर्न कठिन रहेको स्थानीय वुद्धिजीवी रामेश्वर दास बताउनुहुन्छ । सप्तरी जिल्लामा विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी १६८ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि चारवटा क्षेत्र रहेको सप्तरीमा ५९ जनाले उम्मेदवारी दिएका छन् भने आठ प्रदेशसभा सदस्यका लागि १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि क्षेत्र नं–१ बाट १४ जना, क्षेत्र नं–२ बाट १८ जना क्षेत्र नं ३ बाट १२ जना र क्षेत्र नं ४ बाट १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

प्रदेशसभाका लागि क्षेत्र नं १ को १ र २ बाट ९–९ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं २ को १ बाट १३ जना र २ को २ बाट २२ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को १ बाट १९ जना र ३ को २ बाट १४ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ४ को १ बाट ११ जना र क्षेत्र नं ४ को २ बाट १२ जनाले प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् । 

विभिन्न दलले गठबन्धन बनाए पनि दल भन्दा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रहेको पाइएको छ । प्रतिनिधिसभाका लागि कूल ५९ जनाले उम्मेदवारी दिएकामा २१ जना स्वतन्त्र उम्मेदबार छन् भने प्रदेशसभाका लागि १०९ जनाले उम्मेदवारी दिएकामा ३९ जना स्वतन्त्र छन् । 

उक्त निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले शान्ति सुरक्षाको अवस्था कडा बनाउँदै लगेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश