मङ्सिर १०, काठमाडौँ । चुनावको अघिल्लो रात संघिय समाजवादी फोरमाका नेताले मादकपदार्थ सेवन गरेर चलाएको कार दुर्घटनामा परेको छ ।
शनिबार संघियसमाजवादीका नेता रविन्द्र बरनवाल आफैले चलाएको बा १७ च ५००७ नम्बरको कार वीरगञ्ज महानगरपालिकाको पानीटंकीस्थित मेनरोडमा दुर्घटनामा परेको हो ।

मादक पदार्थ सेवन गरेर सवारी चलाएको कारण दुर्घटना भएको भन्दै प्रहरीले बरनवाललाई नियन्त्रणमा लिएपनि उनि तत्कालै राजनीतिक दबाब दिएर प्रहरीको नियन्त्रणबाट मुक्त भएका थिए ।
पर्सा प्रहरीका असई कृष्ण सार्कीका अनुसार सवारी दुर्घटनापछि नियन्त्रणमा आएका बरनवाललाई सोधपुछपछि छाडिएको जानाकारी दिए ।