2026-10-20 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो

काठमाडौँ | ब्रेन्ट कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू खोलिएन भने इरानका ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएपछि अन्तर्राष्ट्रिय तेल बजारमा उछाल देखिएको हो । अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य १.४ प्रतिशतले बढेर प्रतिब्यारेल ११०.६० डलर पुगेको छ । त्यस्तै अमेरिकी कच्चा तेल १. ८ प्रतिशतले बढेर ११३. ६० डलरमा कारोबार भएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानलाई कडा चेतावनी दिएका थिए । उनले मंगलबारसम्म जलडमरू नखोलिए ऊर्जा पूर्वाधारमा कडा कारबाही हुने संकेत दिएका छन् । केही घण्टापछि उनले नयाँ समयसीमा तोक्दै मंगलबार साँझ ८ बजे (पूर्वी समय) अन्तिम म्याद हुने उल्लेख गरेका छन् ।

यसको जवाफमा इरानका एक वरिष्ठ अधिकारीले युद्धबाट भएको क्षतिको पूर्ण क्षतिपूर्ति नपाएसम्म होर्मुज जलडमरू नखोलिने बताएका छन् । यसअघि पनि ट्रम्पले मार्च २१ मा दुई दिनको समयसीमा दिएका थिए, जसलाई पछि अप्रिल ६ सम्म लम्ब्याइएको थियो । पछिल्लो चेतावनी भने अघिल्लो सातासम्म अमेरिकालाई उक्त जलडमरू आवश्यक नरहेको ट्रम्पको भनाइसँग विपरीत देखिएको छ ।

विश्लेषकहरूका अनुसार होर्मुज जलडमरू विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले यस क्षेत्रमा तनाव बढ्दा तेल मूल्यमा थप उतारचढाव आउने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ