2026-09-30 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो

काठमाडौँ | ब्रेन्ट कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू खोलिएन भने इरानका ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएपछि अन्तर्राष्ट्रिय तेल बजारमा उछाल देखिएको हो । अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य १.४ प्रतिशतले बढेर प्रतिब्यारेल ११०.६० डलर पुगेको छ । त्यस्तै अमेरिकी कच्चा तेल १. ८ प्रतिशतले बढेर ११३. ६० डलरमा कारोबार भएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानलाई कडा चेतावनी दिएका थिए । उनले मंगलबारसम्म जलडमरू नखोलिए ऊर्जा पूर्वाधारमा कडा कारबाही हुने संकेत दिएका छन् । केही घण्टापछि उनले नयाँ समयसीमा तोक्दै मंगलबार साँझ ८ बजे (पूर्वी समय) अन्तिम म्याद हुने उल्लेख गरेका छन् ।

यसको जवाफमा इरानका एक वरिष्ठ अधिकारीले युद्धबाट भएको क्षतिको पूर्ण क्षतिपूर्ति नपाएसम्म होर्मुज जलडमरू नखोलिने बताएका छन् । यसअघि पनि ट्रम्पले मार्च २१ मा दुई दिनको समयसीमा दिएका थिए, जसलाई पछि अप्रिल ६ सम्म लम्ब्याइएको थियो । पछिल्लो चेतावनी भने अघिल्लो सातासम्म अमेरिकालाई उक्त जलडमरू आवश्यक नरहेको ट्रम्पको भनाइसँग विपरीत देखिएको छ ।

विश्लेषकहरूका अनुसार होर्मुज जलडमरू विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले यस क्षेत्रमा तनाव बढ्दा तेल मूल्यमा थप उतारचढाव आउने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली