१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुर्खेतका दृष्टिविहीन भन्छन् ‘हाम्रो मतको दुरुपयोग हुन्छ’

१७ मंसिर २०७४, आईतवार ०४:३८

लक्ष्मी भण्डारी | मङ्सिर १७, सुर्खेत | छ महिना अघि स्थानीय निकायको निर्वाचनमा सुर्खेतकी दृष्टिविहीन भीमा आचार्यलाई भोट हालेकोजस्तो अनुभूति नै भएन । सहयोगीको रुपमा भतिजीलाई सँगै लिएर भोट हाल्न जानुभएकी उहाँले भन्नुभयो, “भतिजीले कसलाई भोट हालिन थाहै भएन ।” 

आफ्नो मतको गोपनीयता हुँदैन की भन्ने चिन्ता छ वीरेन्द्रनगरकी मेनका आचार्यलाई पनि । “हामी जस्तालाई विद्युतीय विधिबाट मतदान गर्ने व्यवस्था भइदिएमा हाम्रा मतको गोपनीयता हुने थियो” उहाँले भन्नुभयो, “तर, राज्यले हाम्रा बारेमा कुनै पहल नै गरेको छैन ।” 

वीरेन्द्रनगरकी सम्झना बढुवालको पनि उस्तै चिन्ता छ आफ्ना सहयोगीले आफूले रोजेकोभन्दा फरक ठाउँमा भोट हालिदिन्छन् की भन्ने । “मैले हाम्रा सवालमा कुरा उठाउने उम्मेदवारलाई मत दिन्छु भन्छु तर परिवारको धारणा फरक भएकाले म आफ्नै परिवारबाट पनि आफ्नो गोप्य मतको प्रयोग गर्न सक्दिन ।” उहाँको गुनासो थियो । 

सुर्खेतकी सुमोना खड्काको गुनासो पनि उस्तै छ । “दृष्टिविहीनको मत कसले हाल्छ भन्ने थाहा पाएपछि मत हालीदिने व्यक्तिलाई प्रभावमा पार्ने कोसिस गरिएको हुन्छ” उहाँले भन्नुभयो, “त्यसकारण त्यो मत हाम्रा लागि बदर हुने सम्भावना पनि हुन्छ ।” मत हाल्नका लागि लगिएका व्यक्तिले आफूले चाहेका व्यक्तिलाई मत दिने र हामीहरुले भनेका व्यक्ति नपर्ने पनि हुनसक्ने उहाँले बताउनुभयो । निर्वाचन अधिकृत पनि कुनै पार्टीसँग आस्था राख्ने भएकाले दृष्टिविहीनले भनेकै व्यक्तिलाई मत दिएको भन्ने विश्वास पनि गर्न कठिन हुने खडकाको भनाइ थियो । 

गोप्य मतदान भनिए पनि मतदान गरिएको केही समयमा नै जानकारी बाहिर आउने भएकाले आफूहरूलाई असहज हुने दृष्टिविहीन वसन्त जैसीले बताउनुभयो । उहाँले अघिल्लो स्थानीय निकायको निर्वाचनमा मतदान गर्न आफ्नो भाइलाई दिने भएको थाहा पाएपछि भाइलाई नै प्रभावमा पार्न थालिएको बताउनुभयो । एक जनाले आफूजस्ता धेरैको मत खसाल्ने अवस्थामा केही मत आफ्नो इच्छाअनुसार हाल्न सक्ने उल्लेख गर्दै जैशीले भन्नुभयो, “मतदाता शिक्षा कार्यक्रममा अरुलाई मत हाल्न सिकाइन्छ तर हामीजस्ता दृष्टिविहीनलाई मत हाल्ने तरिकाबारे सिकाइदैन त्यसैले हाम्रो मतको दुरुपयोग हुन्छ ।” 

सहयोगीले गरेको मतदान गोप्य भएन भने कानूनले कडा सजाय दिनुपर्नेमा दृष्टिविहिनहरूको जोड थियो । गोप्यता भंग गरे रु १५ हजार गरिने जरिवाना निकै कम भएको दृष्टिविहीन जैशीले गुनासो थियो । 

निर्वाचन अधिकृत सुनिता थापाले दृष्टिविहीन र वैदेशिक रोजगारीमा गएका नागरिकको मताधिकारका लागि चुनौती भएको बताउनुभयो । - रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु