भबिसोर पराजुली | बर्तमान अवस्थामा देश विकासको मूलबाटो गाउँकोँ विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयनमा ल्याउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ । व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भबिसोर पराजुली | बर्तमान अवस्थामा देश विकासको मूलबाटो गाउँकोँ विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयनमा ल्याउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ । व"/>
७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश विकासको मूलबाटो

२१ पुष २०७४, शुक्रबार ०५:२७

भबिसोर पराजुली | बर्तमान अवस्थामा देश विकासको मूलबाटो गाउँकोँ विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयनमा ल्याउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ । विकसित मुलुकहरुले यसप्रकारको गाउँ केन्द्रीत सामुदायिक अभियानलाई प्रमूख मान्यता दिदै आएका छन् । धेरै देशहरुले राष्ट्रिय एकता र छिटो विकासका लागि यस प्रकारको अभियानलाई कार्यान्वयन ल्याएका छन् र सफल पनि हुदै आएका छन् । यसले सवै जनतालाई सहभागिता गराउँदछ र रोजगारी पनि प्राप्त हुन्छ । त्यसले जनताको जीवन स्तरमा पनि ठुलो अन्तर पार्दछ । त्यसैले यसप्रकारको गाउँ केन्द्रीत सामुदायिक अभियानले विश्वव्यापी रुपमा मान्यता पाउदै गएको छ । र नेपालमा पनि गाउँको विकास र सम्वृद्धि लागि यसप्रकारको गाउँ केन्द्रीत सामुदायिक अभियानको आवश्यकता महशुस हुँदै गईरहेको छ । विश्वका कतिपय देशहरुले यसप्रकारको अभियानलाई विकासको लागि अपरिहार्य बनाउने गरेका छन् । त्यसले उत्पादनमा ठुलो वृद्धि भएको छ । तर हाम्रो देशमा सरकारले गाउँ केन्द्रीत यसप्रकारको सामुदायिक अभियान लागु गरेको छैन । त्यो अवस्थामा यस प्रकारको अभियानलाई लागु गरी विकास र सम्वृद्धि लागि अधिकत्तम प्रयत्न गर्दै यसलाई व्यवस्थित गर्न योजनाबद्ध प्रकारको प्रयत्न गर्नुपर्दछ । 

नेपालमा यसप्रकारको सामुदायिक अभियानको सन्दर्भमा विचार गर्दा प्रारम्भमा नै एउटा कुराप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । जहाँ सामुदायिक विकास हुन्छ । त्यहाँ नीजिकरण गर्ने प्रवृति हावी हुदैजान्छ । त्यसको उदेश्य सामुदायिकता अन्त्य गर्ने र पुजीलाई नीजिकरण गर्ने हुन्छ । त्यहीनेर सचेत भई नीजिकरण गर्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्छ । नत्र भने सामुदायिक उद्योग वा व्यवसायबाट हुने ठूलो मुनाफाको हिस्सा उनीहरुले लैजान्छन् र जनताको ठूलो भाग त्यसबाट हुने आयबाट बञ्चित हुन्छ । त्यही कुरा सामुदायिक क्षेत्रमा पनि सत्य हो । सामुदायिक उद्योगको विकासका साथै त्यसबाट  हुने आएको उत्पादन न्यायपूर्ण वितरण होस् र जनसाधारण पनि त्यसबाट लाभान्भित हुन सकुन । त्यसप्रति पनि ध्यान जान जरुरी छ । 

अहिलेसम्म नेपालको विकासलाई हेर्दा देशका केही सहरलाई महत्व दिने गरिएको छ । तर देशलाई वास्तवमै विकास र सम्वृद्धिको दिशामा लैजान अर्को पक्षप्रति हाम्रो ध्यान केन्द्रीत हुनुपर्ने आश्यकता छ । त्यो हो गाउँको विकास र समृद्धि । यो पक्षलाई विकसित र सम्वृद्ध गर्ने प्रयत्न गरियो भने त्यसले सम्वृद्ध र विकसित राष्ट्र निर्माणका लागि नयाँ आधार बन्नेछ । अर्को अर्थमा भन्ने हो भने यसले नेपालको आर्थिक क्रान्ति नै ल्याउने छ । त्यसबारे देशका सवै पिछडिएका गाउँहरुको विकासमा धेरै मद्धत पुग्नुका साथै जनसाधारणलाई प्रत्यक्ष रुपमा धेरै लाभ पुग्नेछ । सरकारले कार्यान्वयनमा ल्याएको १४ औ योजना खाली विकास सम्बन्धी परम्परागत पक्षप्रति नै जोड दिइएको छ । गाउँ केन्द्रीत कुनै ठोस सामुदायिक विकास योजना बनाएको छैन । तर गाउँको विकास प्रति मानिसहरुको रुचि बढ्दै गएको छ र त्यसलाई सरकारलै नै विशेष ध्यान दिने हो भने यसले देशको विकासमा महत्वपूर्ण टेवा पुर्याउने निश्चित नै देखिएको छ । तर यहाँ विकासबारे विचार गर्दा आम रुपमा गाउँको विकासको पक्षतिर कम ध्यान दिने गरिन्छ । त्यस प्रकारको पृष्ठभूमिमा नेपालको वर्तमान अवस्थामा गाउँको विकास र सम्वृद्धि विना देशलाई विकसित र सम्वृद्ध बनाउन सकिदैन । त्यसलाई सार्थक रुप दिन राष्ट्रिय रुपमै सम्वृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयनमा ल्याउनुपर्ने विषयमा केन्द्रीत भई त्यही विषयमा चर्चा गर्ने जमर्को गरिएको छ । 

बास्तबमा गाउँकोँ विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियानको संभावना अत्यन्त ठूलो छ । यसले यो कुरा स्वतहसिद्ध छ कि नेपालका प्रत्येक गाउँ विकासका केन्द्र हुन सक्दछन् । नेपाल गाउँ–गाउँले भरिएको देश हो । प्रत्येक गाउँका आ–आफ्ना बेग्लाबेग्लै प्रकारका प्राकृतिक, ऐतिहासिक विशेषताहरु छन् । यी सबै सामुदायिक विकासका सम्भावना हुन सक्दछन् । तिनीहरुलाई समेटेर सामुदायिक विकास अभियानको माध्यम द्धारा धेरै नै विकास गर्न सकिन्छ । 

सम्वृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक विकास अभियान मुख्यत गाउँलाई छोटो समयमा विकसित र सम्वृद्ध बनाउन सकिने विकासको मोडेल हो । विकास भन्नाले गाउँको सामाजिक, आर्थिक लगायत सवै क्षेत्रको विकास भनेर बुझ्नुपर्छ । तर त्यसको लागि सरकारले महत्वपूर्ण भुमिका खेल्नुपर्छ । यसमा सरकार बाहय पक्ष हुन्छ भने । गाउँ आन्तरिक पक्ष हो । गाउँको विकासका लागि दुवैपक्षको घनिष्ट सम्बन्ध हुनुपर्छ । एकातिर गाउँले मात्र मिलेर विकास हुन सक्दैन । अर्को सरकारको नीति, नेतृत्व र लगानी विना यो संभव छैन । त्यसरी यी दुवैको एकता र सहकार्य रहेमा यसप्रकारको अभियानले गाउँहरुको विकासको व्यापक सम्भावना बढेर जानेछ । त्यसको अर्थ यो पनि हुन्छ । नेपालमा गाउँको विकास हुनुको साथै सामुहिक रुपमा काम गर्ने संस्कारको विकास हुँदै जानेछ । त्यो अवस्थामा नेपालका सहरहरुमा केन्द्रीत विकास गाँउहरुमा विस्तार हुनेछ । त्यसरी गाउँको विकासले गाउँलाई सम्वृद्धितिर लैजाने मात्र नभई त्यसले देशको समग्र विकासमा पनि नयाँ आयाम थप्ने र गुणात्मक फड्को ल्याउने काम गर्नेछ । त्यसैले पनि गाउँहरुलाई विकसित र सम्वृद्ध बनाउनको लागि गाउँकोँ विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियानलाई केन्द्रीय सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरी राष्ट्रव्यापी रुपमा कार्यान्वयनमा ल्याउनपर्छ । त्यसले पिछडिएको हाम्रा जस्तो देशलाई उन्नत राष्ट्रको रुपमा विकास गर्न र जनसाधारणको आर्थिक स्तर उठाउन पनि बलियो आधार प्रदान गर्दछ । 

राष्ट्रिय योजना आयोगले कार्यान्वयनमा ल्याएको १४ औ योजनामा गाउँको विकासको लागि केही उल्लेख गरिएको छ । यद्यपी यो पर्याप्त छैन । फेरि पनि ग्रामिण क्षेत्रको विकास गर्ने योजनाले त्यो दिशामा केही मदत पुर्याउने छ । तैपनि गाउँ केन्द्रीत विकासलाई उपेक्षा गरिएको छ । बजेटले पनि त्यसबारे खासै ध्यान दिएको पाइदैन । यद्यपी जनस्तरबाट त्यो दिशातिर प्रयत्न भईरहको छ । गाउँहरुमा सामुहिक तरकारी खेती, सामुहिक पशुपालन, आदि त्यो दिशामा गरिएका केही उल्लेखनीय उदाहरण हुन् । त्यो बाहेक कुन गाउँमा कस्तो उद्योग वा व्यवसायलाई संचालन गर्न खास–खास विषयहरु के–के हुन् । त्यो पक्षको अध्ययन गर्ने र विकसित गर्नुपर्ने आवश्यकता हुन्छ । विभिन्न गाउँहरुमा त्यहाँ हुने उत्पादन र उत्पादनका लागि रुचि वा अध्ययनका विषयहरु हुन सक्दछन् । त्यसलाई विचार पु्र्याई सम्बन्धित गाउँको वस्तुगत अवस्था, त्यहाँ हुने उत्पादनका साथै उत्पादनका लागि आवश्यक पुर्वाधारहरुको पनि गहिरो सँग खोजीकार्य गर्नुपर्दछ । कतिपय गाउँमा खनिज पदार्थका खानीहरु हुनसक्दछन् । तिनीहरुको अध्ययन अनुसन्धान वा उत्खनन कार्यलाई जोड दिनुपर्दछ । वास्तवमा नेपालका प्रत्येक गाउँमा त्यस प्रकारका वेग्लावेग्लै संभावनाहरु छन् । ती सम्भावनाहरुलाई विकसित गर्ने प्रयत्न गरेमा गाउको विकासका लागि धेरै संभावनाहरु अगाडि आउन सक्दछन् । अर्को शब्दमा केही प्रयत्न गर्ने वितिकै थोरै समयमा नै नेपालमा सयकडौ होइन, हजारौ विकसित र सम्वृद्ध गाउँहरु हुन सक्दछन् । त्यसले नेपालको आर्थिक सम्वृद्धिका लागि बलियो आधारशिला निर्माण गर्नेछ ।   

गाउँको विकास र सम्वृद्धिका लागि वास्तविक विकासको मोडेल सामुदायिक विकास परियोजना नै हो । यसलाई गाउँकोँ विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियानका नामले सरकारको नीति तथा कार्यक्रममा समावेश गराई प्रत्येक गाउँ स्तरमा लैजान प्रयास गर्दै आएका छौं । त्यसलाई योजनाबद्ध सम्वन्धित पक्षसँग छलफल र बहसका साथै जनस्तरमा सचेतना कार्यक्रमहरु हुदै आएको छन् । त्यसको लागि केन्द्रिय स्तरमा एउटा समिति बनेको छ र त्यस समितिको पहलमा देशका विभिन्न गाउँहरुमा सामुदायिक विकास अभियान सुरुगर्न सर्वेक्षण र अध्ययनको काम पनि थालिएको छ । त्यो समितिको पहलमा सामुदायिक विकासका क्षेत्रमा उल्लेख योगदान पुर्याएका व्यक्तित्वहरुको सहयोगमा सम्वृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियानको रोडम्याप पनि तयार भएको छ । मुख्यत गाउँ विशेषतः सामुदायिक विकासको क्षेत्रमा उल्लेख्य योगदान पु्र्याउँदै आएका विभिन्न संघ सस्था र व्यक्तित्वहरु सँग भेटघाट गरी यस योजना कार्यान्वयनमा ल्याउन शिक्षा र प्रेरणा लिने काम भएको छ । हाम्रा यी प्रयासले यसप्रकारको अभियान प्रति जनतामा असाध्य उत्साह एवं आशा र भरोसा जागेको अनुभूति गरिएको छ ।  

नेपालको सन्दर्भमा तिव्र विकास गर्न सकिने तराई, र पहाड क्षेत्रका गाउँहरु रहेका छन् । ती क्षेत्रहरु बाहेक हिमालका गाउँहरु पनि बिशेषतायुक्त रहेका छन् । तर त्यी गाउँहरुको विकासका लागि नयाँ विकास आधारहरुको खोजी वा निर्माण गनुपर्दछ । त्यसका लागि व्यापक संभावनाहरु पनि छन् । विकास सम्बन्धी रणनीतिका आधार नेपालका ७ वटै प्रदेशलाई समान र सन्तुलित रुपमा विकसित गर्ने योजनाका साथ यसअभियानलाई अगाडी बढाउनु पर्दछ । 

सरकारले विकास सम्बन्धि कैयौ योजनाहरु बनाउँछ । तर ती मध्य धेरै लागू हुदैनन् । कतिपयलाई कार्यान्वयन गर्ने प्रयत्न  गरिए पनि  कार्यान्वयनको दौरानमा ठूलो धनराशी भ्रष्टाचार हुन्छ । कुनै योजनालाई लागू गर्ने शिलशिलामा त्यो कार्यक्रमलाई बढि भन्दा बढी कसरी सफलतापूर्वक लागू गर्ने भन्दा त्यो कार्यक्रमलाई कार्यान्वयन गर्ने सिलसिलामा कति धेरै भ्रष्टाचार गर्ने ? त्यो कुरालाई प्राथमिकता दिएर काम गर्ने गरिन्छ । त्यो प्रवृति कर्मचारीहरुमा मात्र होइन, राजनीतिक दलहरुमा पनि काफि हदसम्म पाईन्छ । यहाँसम्म कि कैयौं कार्यक्रमहरु सम्पन्न गर्न दलिय वा जनस्तरमा उपभोक्ता समितिहरु बन्दछन् । त्यस प्रकारको उपभोक्ता समितिमा एकातिर, राजनीतिकरण गर्नेतिर प्रतिस्पर्धा हुन्छ भने, अर्कोतिर, कामलाई कार्यान्वयन गर्र्ने भन्दा त्यसबाट भ्रष्टाचार गर्न खोज्नेहरुको बाहुल्यता हुन्छ । कुनैपनि विकासका लागि रकम निकास भयो भने त्यसबारे कति लाभ उठाउने ? त्यतातिर सोच्ने प्रवृति पनि निकै पाइन्छ । जसले भ्रष्टाचार गर्न चाहन्छन, उनीहरुले माथिदेखि नै विभिन्न प्रशासकीय स्तरमा विकास रकमको भागवण्डा छुटाउँदै आउँछन् । जसले भ्रष्टाचार नगरीकन सेवा भावले काम सम्पन्न गर्न चाहन्छन् । उनीहरुलाई भ्रष्ट कर्मचारीहरुको सहयोग हुन्न । त्यस प्रकारका भ्रष्ट र गैरजिम्मेवार प्रवृतिहरुका कारणले धेरैजसो विकास कार्यक्रमहरु असफल हुन्छन् वा कार्यान्वयन भए पनि तिनीहरुको गुणस्तर कम हुन्छ । त्यही कुरा आजसम्म विकास निर्माण सम्बन्धी कार्यहरुको सन्दर्भमा पनि सत्य हो । तर गाउको विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयन ल्याउँदा भ्रष्टचार हुनै नदिने नीति अभियान सँगै कार्यान्वयनमा ल्याउनुपर्दछ । 

संसारका विकसित देशहरुको तुलनामा नेपालका लागि गाउँ केन्द्रीत सामुदायिक विकास परियोजनाहरु अपेक्षाकृत नयाँ विषय हो । विभिन्न उत्पादन आदि रचनात्मक कायहरुबारे जनता धेरै अव्यस्त भईसकेका छन् । तर सरकारले यसप्रकारको सामुदायिक विकासलाई कम महत्व दिदै आएको छ । अझै गाउँमा यस्ता योजना कार्यान्वयनका लागि कमै महत्व दिदै आएको छ । त्यो अवस्थामा सर्वप्रथम उच्च राजनीतिक र प्रशासकीय स्तरदेखि जनस्तरसम्म सामान्यतः गाउँको विकास र सम्वृद्धिका लागि विशेषत नयाँ सामुदायिक अभियान विकास परियोजना रुपमा कार्यान्वयनमा ल्याउन योजनावद्ध प्रकारले प्रयत्न गर्नुपर्ने आवश्यकता रहेको छ । 

वास्तव यसप्रकारको अभियान लागु भई गाउँमा विकास हुन थाल्छ । त्यसबाट ठूला व्यवसायीहरु नै फाइदा उठाउन अगाडी आउँछन् । यतिवेला राम्रो ध्यान पुग्न सकेन भने जनसाधारणलाई अत्यन्त कम लाभ पुग्दछ । त्यसकारण यस्ता सामुदायिक विकासका योजनाबाट जनस्तरलाई बढीभन्दा बढी लाभ पुगोस् । त्यतातिर पनि हाम्रो ध्यान जानुपर्दछ । यस्ता गाउँका सामुदायिक विकास योजनाले स्थानीय जनतालाई बढी लाभ पुर्याउन सक्दछ । कुनै गाउँमा विकास धेरै भयो भने बाहिरका र कतिपय विदेशका पनि ठूला उद्योगी र व्यावसायीहरुले ठूला उद्योगहरु खोल्न थाल्दछन् । त्यसले वास्तवमा स्थानीय जनतालाई लाभ नगण्य हुन्छ । सरकारले कानुन बनाएर नै स्थानीय जनताको लाभ सुनिश्चित गरेर मात्र त्यहाँ बाहिरका ठूला उद्योगी वा विदेशी उद्योगीहरुलाई प्रवेश गर्न पाउने व्यावस्था गर्नुपर्दछ । 

विगत छ दशकहरुमा गाउँको विकासको र सम्वृद्धिको लागि राज्यस्तरबाट खासै प्रगति भएको छैन । गाउँ विशेष प्रगतिको लागि सम्वन्धित निकायले नीति तथा कार्यक्रम बनाएको पाईदैन भने गैर गैर–सरकारी स्तरमा गाउँको विकासका लागि कैयौं संघ सस्थाहरुको गठन र विकास भएको छ । गाउँको विकासका लागि भएका यी सवै कार्यहरु महत्वपूर्ण छन् । तर राष्ट्रिय अर्थतन्त्रमा गाउँको विकासले पुर्याउने योगदान र त्यसका लागि सरकारले विनियोजन गर्ने गरेको बजेट एकदम अपर्याप्त छ । प्रत्येक आर्थिक वर्ष गाउँको विकास लागि न्युन वजेट विनियोजन गरिएको हुन्छ । यही उदाहरणबाट पनि त्यो कुरा प्रष्ट हुन्छ । तर त्यही न्यून प्रतिशत रकम पनि गाउँको विकासका लागि मात्र नभएर समग्र ग्रामिण विकासको लागि छुटाइएको एकीकृत रकम हो । त्यो न्यून रकमले गाउँको विकासका लागि उल्लेखेनिय कामहरु सम्पन्न हुन सक्दैन । खास गरेर गाउँको विकासका लागि विशेष जोड दिने हो भने गाउँको लागी बजेट कैयौं गुणा बढाउनु पर्ने आवश्यकता छ । 

सामान्यतः गाउँको विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिकक अभियान बारे विचार गर्दा यस अभियानलाई परियोजनाका रुपमा गाउँमै सामुदायिक तवरले ५० प्रतिशत ऋण, ३० प्रतिशत अनुदान र २० प्रतिशत समुदायको लगानीमा उद्योग वा व्यावसाय संचालनमा विशेष जोडदिनुपर्ने आवश्यकता छ । त्यसका लागि खास गरेर आधुनिकरण र सहकारीतामा जोड दिनु आवश्यक छ । त्यसरी आर्थिक आधार बलियो भएपछि नै गाउँको विकासले ठोस रुप लिन सक्नेछ । र त्यसवाट देश विकासलाई पनि ठूलो टेवा पुग्नेछ । त्यसरी गाउँको विकास र सम्वृद्धिका लागि सरकारी स्तरमा यसप्रकारका योजनाहरु लागु गर्न प्रयत्न गर्नुका साथै जनस्तरमा पनि त्यो दिशामा विकासका कार्यहरु अगाडी बढाउन प्रोत्साहन गर्ने र सहयोग गर्ने सरकारको नीति हुनुपर्छ । 

 (भबिसोर पराजुली माओवादी केन्दका पोलिटव्यूरो सदस्य तथा प्रभावशाली युवा नेता)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने