११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीटीईभीटीमा ३१ जोडी श्रीमान्–श्रीमती जागिरे

१ माघ २०७४, सोमबार ०२:३८

माघ १, काठमाडौं । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । 

सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू। अध्यक्षहरू मात्रै किन? पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन्तसमेत धेरैले ठूलो संख्यामा नातागोतालाई जागिर खुवाएका छन्। यो खबर मकर श्रेष्ठले आजको कान्तिपुरमा लेखेका छन्।

सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन्। हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारिक सदस्य त छन् नै, श्रीमान्–श्रीमतीसमेत ३१ जोडी छन्। यसमा निर्देशक तहका कर्मचारीसमेत पर्छन्।

पूर्वसदस्य सचिव रामहरि लामिछानेकी श्रीमती संगीता अहिले पनि सीटीईभीटीमै जागिरे छिन्। रामहरि भने सदस्यसचिवबाट राजीनामा दिएर कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) फिलिपिन्सको महानिर्देशक पदमा छन्। 

‘मैले श्रीमतीलाई जागिर लगाइदिनुपर्‍यो भनेर कसैलाई गुहारेर खुवाएको होइन, दुर्गममा सरुवा गरेपछि व्यवस्थापनले नै श्रीमतीलाई पनि जागिर दिएर पठाएको हो,’ उनले भने।

कांग्रेस नेता गोविन्दराज जोशीले (०४८–०५१) शिक्षामन्त्री हुँदा सीटीईभीटीलाई कार्यकर्ता र आफन्त भर्ती केन्द्र बनाएका थिए। उनी मन्त्री हुँदा गोरखाका सरोज देवकोटा सीटीईभीटीका उपाध्यक्ष थिए। 

‘त्यतिबेला उनीहरूले एकैपटक पाँच सयलाई जागिर खुवाए,’ सीटीईभीटीका पूर्वनिर्देशक एवं शिक्षाविद् टंकनाथ शर्मा भन्छन्, ‘सीटीईभीटीमा प्राविधिक पृष्ठभूमि भएका कर्मचारी आवश्यक हो। तर उनीहरूले साधारणतर्फका कर्मचारी भरे।’

त्यसबेला जागिरमा छिरेकाहरू सबैजसो जोशीका कार्यकर्ता, नातागोता र देवकोटाका आफन्त छन्।

यहाँ एकै परिवारका सदस्य र आफन्तको ‘जालो’ रहेका धेरै उदाहरण छन्। कुनै बेला सदस्यसचिव भएका देवकोटा खलकको उदाहरण हेरौं। जिता–६ लमजुङकी रजनी देवकोटाले २१ असार ०५३ मा यहाँ जागिर प्रवेश गरिन्। उनी अहिले प्रशासनिक अधिकृत छिन्। उनका भाइ शंकर न्यौपाने सीटीईभीटीमै जागिरे छन् । पालुङटार–५ गोरखाका उनका देवर रामहरि देवकोटा १४ साउन ०५४ देखि जागिरे छन्। 

उनीहरूमध्ये रामहरि सीटीईभीटी पोलिटेक्निकमा उपनिर्देशक छन् । रजनी परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा प्रशासकीय अधिकृत छिन्। शंकर स्कुल अफ हेल्थ साइन्स भरतपुरमा छन्। उनीहरूबाहेक पनि यहाँ देवकोटा नाता पर्ने धेरै कर्मचारी छन्।

कांग्रेस समर्थक कर्मचारी संघका महासचिव शंकरदेव कोइराला, उनका भतिज कुमार, भतिजी प्रमिला र भतिजी ज्वाइँ शालिकराम डाँगी यहीँका जागिरे हुन्। सेती प्राविधिक शिक्षालय दिपायलका कामु प्रिन्सिपल शालिकरामका साडुभाइ होमनाथ अधिकारी रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्टिच्युट इलामका प्रिन्सिपल हुन् । 

कुमारका दाइ विष्णु कोइरालाले ‘नक्कली सर्टिफिकेट काण्ड’ लागेपछि जागिर छोडे । उनीहरूमध्ये विष्णु सबभन्दा पहिला सीटीईभीटी प्रवेश गरेका थिए । त्यसपछि भाइ कुमार २५ असार ०६३ मा प्रवेश गरे । 

आमोदप्रसाद उपाध्याय शिक्षामन्त्री भएका बेला अस्थायी कर्मचारी निष्कासन गर्दा कुमार पनि निकालिए । पछि ०६३ मा उनलाई फेरि जागिरमा छिराइयो । शालिकराम ०६७ मा स्थायी भए । उनकी श्रीमती प्रमिलालाई २९ साउन ०७२ मा स्थायी गरियो ।

लेखा अधिकृत कृष्णबहादुर खडकाकी श्रीमती र साली पनि यहाँ जागिरे हुन् । खडका ०५३ मा प्रवेश गरेका थिए, ०६५ मा स्थायी भए । उनकी श्रीमती बिनु ०५६ मा प्रवेश गरेर ०६५ मा स्थायी भइन् । खडकाले साली इनुलाई पनि सरकारी सेवामा प्रवेश गराए । उनी ०७२ कात्तिकमा स्थायी बनिन् ।

पूर्व क्षेत्रीय निर्देशक दीपक नेपाली क्षत्रीका पाँच जना आफन्त सीटीईभीटीमा छन् । दीपकभन्दा अघि उनकी श्रीमती उषाले जागिर खाइसकेकी थिइन् । उषा २४ मंसिर ०५३ मा प्रवेश गरेकी हुन् । 

उषाका भाइ केशव मिश्र र बुहारी सरस्वती मिश्र पनि सीटीईभीटीमै छन् । केशवले ०४५ मा सीटीईभीटी प्रवेश गरेका थिए भने उनले श्रीमती सरस्वतीलाई ०६१ मा जागिरमा छिराए । सरस्वतीे २ वर्षअघि स्थायी भइसकेकी छन् । दीपकले अवकाश पाइसके ।

लेखा अधिकृत दिनेश लुइँटेलकी श्रीमती सपना न्यौपाने, बहिनी विद्या शर्मा, ज्वाइँ प्रमोद पौडेल र काका तारा लुइँटेल सीटीईभीटीमा जागिरे छन् । उनीहरूमध्ये तारा सबभन्दा पहिला १९ असार ०४१ मा सेवा प्रवेश गरेका हुन् । त्यसपछि दिनेश २ पुस ०५३ मा छिरे । उनकी श्रीमती सपना १ साउन ०७३ मा जागिरे भइन् । दिनेशका ज्वाइँ प्रमोद पनि ०५३ मै प्रवेश गरेका हुन् ।

पाठ्यक्रम निर्देशक दीपक पौडेलका परिवारिक सदस्यको जागिरको थलो पनि बनेको छ सीटीईभीटी । ५ असार ०४९ मा प्रवेश गरेका पौडेलका बहिनी र ज्वाइँ पनि यहाँ छन् । 

ज्वाइँ वरिष्ठ लेखा अधिकृत उमेशप्रसाद खरेल ०५३ असारमा प्रवेश गरेका हुन् भने बहिनीले त्यही वर्ष जेठमा जागिर सुरु गरेकी हुन् ।

परिवारको जालो बनाउने अर्का व्यक्ति टैलेन्द्र आचार्य पनि हुन् । 

३० असार ०५४ मा प्रवेश गरेका टैलेन्द्रले आफन्तलाई राम्रै जागिर खुवाएका छन् । भाइ प्रकाश, भतिजा भरत, बहिनी हरिकला र ज्वाइँ खेम पोखरेल ०६६ देखि जागिरे छन् । 

अर्का भतिज प्रकाश आचार्य भने ४ पुस ०६५ मा छिरेका हुन् । सीटीईभीटीबाट सहजै सूचना नपाएपछि हामीले सूचनाको हक प्रयोग गरेर विवरण लिएका हौं । अहिलेसम्म फेला पारेको तथ्यांकमा यहाँ ३१ जोडी श्रीमान्–श्रीमती मात्रै छन् । 

ज्वाइँ–जेठान ४ जना, दाजु–भाइ २४ जना, बाबु–छोरा ८ जना, बहिनी–ज्वाइँ ४ जना छन् । त्यस्तै भतिजी र ज्वाइँ २ जना, साडुदाइ–साडुभाइ ८ जना, साला/साली–भिनाजु ६ जना, देवर–भाउजू २ जना, काका–भतिज २ जना, दिदी–भाइ४ जना, भान्जा–भान्जी ४ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा