२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा किन घट्दै छ विश्वास सरकारी स्वास्थ्य संस्थामा

१७ माघ २०७४, बुधबार ०६:२३

माघ १६ , जाजरकोट | नलगाड नगरपालिका–८ का हरिबहादुर विक टाउको दुख्नासाथ राडीस्थित स्वास्थ्य संस्थामा नगई निजी मेडिकलमा जानुभयो । निजी मेडिकलबाट एकै छिनमा उपचार गरी विक घर फर्कनुभयो । टाउको दुखेको औषधिलाई उहाँले मेडिकलबाट रु एक हजार २३२ मा खरिद गरी ल्याउनुभयो । 

मेडिकल सञ्चालक कुनै मान्यता प्राप्त स्वास्थ्यकर्मी होइनन् । औषधि बिक्री गर्ने अधिकार मात्र पाएका मेडिकल पसलेले हरिबहादुर विकलाई जाँच गरी हजार रुपैयाँभन्दा बढीको औषधि थमाएपछि छिटो सञ्चो हुने आशले औषधि खरिद गरी लिनुभएको हो । 

उहाँ जस्तै सोही वडाकै जैमती खत्रीले पेट दुखेको औषधि गरिदिन अर्को मेडिकलमा पुग्नुभयो । उहाँको पनि त्यस्तैगरी मेडिकल पसलेले अनुमानको भरमा पेट छामेर रु एक हजार ३०० को औषधि हातमा थमाइदिए । उहाँले केही नबोली औषधिको रकम तिरेर घर फर्कनुभयो । 

यस्तै दैनिक यहाँका मेडिकलमा दर्जनौँ बिरामी यसरी आएर उपचार गरी जाने गरेका छन् । मेडिकलबाट कडा डोजको औषधि बिरामीले लिएर सेवन गर्दा आजभोलि खत्री र विकलाई सरकारी स्वास्थ्य संस्थाको औषधिले काम गर्दैन । 

बिरामी हुने बित्तिकै निजी मेडिकलमा मात्र गएर औषधि सेवन गर्दै आएकी छिन् । सरकारी स्वास्थ्य संस्थाभन्दा दैनिक निजी मेडिकलमा बिरामीको भीड लाग्ने गर्दछ । सरकारी स्वास्थ्य संस्थाभन्दा आजभोलि दैनिक निजी मेडिकलमा मात्र बिरामीको भीड लाग्ने गर्दछ । सरकारीमा जाँदा औषधि नै नहुने र दिएको औषधिले पनि राम्रो सँग काम नगर्ने भएकाले आफू जान छाडेको वारेकोट गाउँपालिका–५ का शेरबहादुर बस्नेतले बताउनुभयो । 

पैसा खर्च गरेर भए पनि छिटो सञ्चो हुने उहाँको भनाइ छ । सरकारीमा राम्रो सेवासुविधा पाइने भएमा किन हामी पैसा खर्च गरी मेडिकलमा गई उपचार गराउने थियौँ र ?, बस्नेतले प्रश्न गर्नुभयो । 

जाजरकोटका ग्रामीण क्षेत्रदेखि जिल्ला अस्पतालसम्म बिरामीले विश्वास नमानेपछि निजी स्वास्थ्य संस्थामा गएर उपचार गराउने गरेको बताउँछन् । जाजरकोटको जिल्ला अस्पतालभन्दा २० किलोमिटर टाढा, रुकुमको चौरजहारी अस्पतालमा उपचार गराउनेको ठूलो भीड रहेको छ । गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थाभन्दा निजी स्तरबाट खुलेका औषधि पसलमा बिरामीको ठूलो भीड हुने गरेको छ । 

नियमित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुनु र औषधि पनि सबै प्रकारको नपाउनु सरकारी स्वास्थ्य संस्थाको ठूलो समस्या हो । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीलाई स्वास्थ्यकर्मीको रुखो बोलीले समेत पीडित बनाएको बिरामीको भनाइ छ । 

बिरामी सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि गएपछि खासै बिरामीप्रति ध्यान नदिँदा थप पीडा हुने गरेको स्थानीयवासीको गुनासो छ । तोकिएको समयमा उपचार नगर्ने, यदि गरिहाले पनि बिरामीको आत्मबल कमजोर हुने गरी केरकार गर्दा उपचारभन्दा पीडा बढी हुने गरेको भेरी नगरपालिका–१ की हजारी विकले बताइन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य