२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिँचाइका लागि स्यालो ट्युबवेल र डिप ट्युबवेल जडान

१८ माघ २०७४, बिहीबार ०७:५०

माघ १८, लहान | सिरहा, सप्तरी र उदयपुरका किसानलाई लक्षित गरी भूमिगत जलस्रोत विकास समिति लहानले दुई हजार ३९ स्यालो ट्युबवेल तथा १२ थान डिप ट्युबवेल जडान गरेको छ । 

सिँचाइ सुविधा पुर्याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले आथिक वर्ष २०७३÷७४ मा सिरहामा ९५०, सप्तरीमा ९५५ र उदयपुरमा १३४ थान स्यालो ट्युबवेल जडान गरिएको भूमिगत जलस्रोत विकास समिति लहानका प्रमुख कामेश्वर यादवले जानकारी दिनुभयो । 

आव २०७३÷७४ मा सिरहाको भदैया अमही, धनगढीमाई नगरपालिका र सन्हैठामा गरी तीन थान, सप्तरीको हरिहरपुर १, ३ र ७ तथा सप्तरीकै सिस्वा धनगढी, शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका–२ बरमझिया, सीतापुरमा सात थान र उदयपुरको रामपुर ठोक्सिला, त्रियुगा नगरपालिका–९ श्रीपुरमा गरी दुई थान डिप ट्युबवेल जडान गरिएको छ । 

सिरहामा जडान गरिएको स्यालो ट्युबवेलबाट करिब दुई हजार बिघामा, सप्तरीमा दुई हजार ७०० तथा उदयपुरमा एक हजार बिघा जग्गामा सिँचाइ सुविधा पुगेको यादवले बताउनुभयो । आव २०७३÷७४ मा सिरहामा २३ थान, सप्तरीमा २२ थान र उदयपुरमा ३ थान पावर ड्रिल÷इनार निर्माण गरिएको छ । सिरहामा छ वटा र सप्तरीमा १० वटा सिँचाइ इनार निर्माण गरिएको यादवले बताउनुभयो । 

समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रमअन्तर्गत चालू आव २०७४÷७५ मा सिरहामा सात वटा, सप्तरीमा ११ र उदयपुरमा एकवटा डिप ट्युबवेल जडान गरिनेछ । भूमिगत जलस्रोत विकास समितिले विभिन्न कृषक समूहमा आबद्ध किसानको मागअनुसार स्यालो ट्युबवेल निःशुल्क रुपमा वितरण गर्दै आएको छ भने पम्पसेट ५० प्रतिशत अनुदानमा वितरण गर्दैआएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य