2026-07-28 09:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्याजको बेर्नाबाट मनग्य आम्दानी गर्दै दाङका कृषकहरु

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । तुलसीपुरको वीरेन्द्र चोक एउटा व्यस्त चोक । विभिन्न ठाउँबाट आवतजावत गर्ने सवारी साधनदेखि मानिसहरुको अत्यधिक भीड हुने चोक । तर यो चोक सिजनमा व्यापार गर्ने मुख्य थलो पनि हो ।

कतिपयका लागि काफल आउँदा काफलको व्यापार, सुन्तलाको समयमा सुन्तलाको व्यापार अनि अन्य फलफूल र तरकारी आदिको बिउबिजन बिक्री हुने प्रमुख केन्द्र बनेको छ । यहि चोकले धेरैको दैनिकी र गुजारा चलाउँदै आएको छ ।

तपाँई आजभोलि बिहानैदेखि बेलुकीसम्म वीरेन्द्र चोकमा प्याजका बेर्ना बेच्न बसेका किसानहरुको लामो ताँती देख्न सकिन्छ । यहाँ प्याजका बेर्ना बेच्न आउनेहरुमध्ये अधिकांश भने तुलसीपुर–१९ जस्पुरलगायत अन्य ठाउँ किसानहरु हुन्छन् । तुलसीपुरको वीरेन्द्र चोकको सडक पेटी छेउमा प्याजका बेर्ना बेचेरै उनीहरु दैनिक तीन देखि पाँच हजारसम्म आम्दानी गर्दै आएका छन् ।

तर यो चोकमा व्यापार गर्न आउने प्रायः महिलाहरु नै छन् । तुलसीपुर–१९ जस्पुरकी कुमारी नेपालीले विगत दुई दशकदेखि घरमा प्याजको बेर्ना उमारेर बजारमा बिक्री गर्दै आएको बताइन् । नेपालीले गत वर्ष डेढ किलो बिउबाट झन्डै ७० हजारका बेर्ना बिक्री गरेर राम्रो आम्दानी गरेको बताइन् । नेपाली जस्ता एक दर्जन जति महिलाहरु जस्पुरबाट तुलसीपुरको वीरेन्द्र चोकमा प्याजको बेर्ना बेच्न दिनहुँ आउने गर्छन् ।

सिजनमा प्याजका बेर्ना बेचेर राम्रो आम्दानी हुने हुँदा एकाबिहानै तुलसीपुर आउने गरेको बताउँछन् । जस्पुर निवासी राजु बस्नेतले आफूहरु बिहानै प्याजका बेर्ना लिएर बजार आउने हुँदा खाना पनि होटेलमै खाने गरेको जानकारी दिए। प्याजका बेर्ना बेचेर राम्रो आम्दानी हुने हुँदा अधिकांश किसान बिहानै प्याजका बेर्ना लिएर बजार आउने गरेको बस्नेतले बताए ।

जसपुरका अधिकांश किसानले प्याजको बिउ तुलसीपुरका एग्रोभेटबाट लैजाने गरेको बताए । गत साल एक किलो बिउको मुल्य दुई हजार परेपनि यो पटक भने प्याजको बिउ प्रतिकिलोको एक हजार मुल्यमा पाएकोले आम्दानी बढी हुने बस्नेतले बताए । वीरेन्द्र चोकमा प्याजका बेर्ना बेच्न व्यस्त बस्नेतले भने ‘किसानी पेशा भनेकै माटो, पानी र परिश्रमबाट मात्रै सम्भव हुने पेशा हो ।

दुःख त हुन्छ तर दुःखसँगै आम्दानी पनि हुन्छ भन्ने कुरा व्यावसयिक किसानले भुल्न हुन्न ।’ बस्नेतका दौंतरीहरु अधिकांश धेरै कमाउने लालसामा विदेश पुगेका छन् तर उनी यहि खेती गरेर आम्दानी गर्दै आएको बताउँछन् । बस्नेतले भने ‘मेहनत ग¥यो भने यहि विदेश छ । यहि कमाई हुन्छ । यहाँ काम गर्न लाज मान्नेहरु अधिकांश विदेश गएका छन् ।’

बस्नेतले एक डेढ महिनामा नै प्याजका बेर्ना बेच्नका लागि तयार हुने भएकोले त्यसपछि उक्त जमिनमा अर्को खेती गर्न सकिने बताए । बस्नेतले एक किलो प्याजको बिउवाट ४० हजारका विरुवा उत्पादन हुने र एक कठ्ठा जग्गामा ५ किलोसम्म बिउ लगाउन सकिने बताए । त्यसबाट एक डेड महिनामै ५० हजारको हाराहारीमा आम्दानी हुने बस्नेत बताउँछन् ।

वीरेन्द्र चोकमा प्याजका बेर्ना बेच्न बसेकी हिमा विकले पनि बेर्ना बेचेर राम्रो आम्दानी भएको जानकरी दिइन । प्रति मुठा ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म प्याजका बेर्ना बिक्री गर्ने गरेको विकले बताइन् ।

विकले भनिन् ‘एक दिनमा दुई देखि तीन हजारसम्मको बिक्री हुने गरेको छ । त्यसबाट आधा नाफा हुन्छ ।’ वीरेन्द्र चोकमा प्याजका बेर्ना बेच्न बसेकी तुलसीपुर–४ हात्तिखौवाकी पूजा डाँगी विगत सात वर्षदेखि वीरेन्द्र चोकमा बसेर प्याजका वेर्ना बेच्दै आएको बताउँछिन् । डाँगीले सासु बुहारी मिलेर बेर्ना बेच्न आउने गरेको जानकारी दिइन् । डाँगी एक किलो प्याजको बिउवाट तयार बेर्ना ३० देखि ३५ हजारसम्म आम्दानी गरेको राप्ती समाचारलाई बताइन् ।

उनले थपिन ‘गत साल ६ किलो बिउ लगाएर चार लाख आम्दानी गरेकी थिए, हेरौँ यस पटक कति हुन्छ रु’ प्याज बेच्ने सिजन कार्तिक देखि माघ महिनासम्म तुलसीपुरको वीरेन्द्र चोकमा बेर्ना बेच्नेहरुको बाक्लै उपस्थिति हुने गरेको छ । तुलसीपुर–१९ का आशाराम चौधरीले पनि प्याजको बेर्ना बेचेर राम्रो आम्दानी गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ