२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ महिनाभित्र सवारी दुर्घटनामा ज्यान गुमाउनेको तथ्यांक सार्वजनिक

१५ फाल्गुन २०७४, मंगलवार ०७:१७

फागुन १५, काठमाडौँ | काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७४÷०७५ को छ महिनामा १०५ जनाले ज्यान गुमाएका छन् । 

महाशाखाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार दुर्घटनामा क्रमशः चार, तीन, दुई, एक र एकजनाले ज्यान गुमाएका हुन् । 

उपत्यकामा आव २०६९÷७० मा १४८, आव २०७०÷७१ मा १४३, आव २०७१÷७२ मा १३३, आव २०७२÷७३ मा १६६ र आव २०७३÷७४ मा १८२ जनाले ज्यान गुमाएका थिए । 

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल साँघुरो बाटो र सवारी साधनको अत्यधिक चापका कारण उपत्यकामा दुर्घटना वृद्धि भएको बताउनुहुन्छ । “दुर्घटनामा कमी ल्याउन चालक स्वयं नै चनाखो हुनुपर्छ”, उहाँ भन्नुहुन्छ । 

महाशाखाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश पुरुष रहेका छन् । यो आवको छ महिनामा ८१ पुरुष र २४ महिलाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । 

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश १७ देखि ३५ वर्षसम्मका छन् । जसमा १७ देखि ३५ वर्षसम्मका ५६, १७ वर्ष मुनिका सात र ३६ वर्षभन्दा माथिका ४२ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ । 

ट्राफिक व्यवस्थापनका सहकार्यको खाँचो 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । 

महाशाखाले गत माघ १७ देखि १९ सम्म चितवनको टाँडीमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको हो । 

कार्यक्रममा महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यातायात क्षेत्रको व्यवस्थापनका लागि व्यवसायीको ट्राफिक प्रहरीसँग सहकार्य आवश्यक रहेको बताउनुभयो । 

“यातायात क्षेत्रको व्यवस्थापनका लागि हामी सबै एक ठाउँमा उभिनु जरुरी छ”, उहाँले भन्नुभयो । ट्राफिक र व्यवसायीको उद्देश्य राष्ट्र निर्माणका लागि भएकाले एकापसमा मिलेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । 

महासंघका नवनिर्वाचित अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले नेपालको ट्राफिक क्षेत्रलाई व्यवस्थित बनाउन व्यवसायीको साथ र सहयोग रहने बताउनुभयो । 

महासंघका महासचिव सरोज सिटौलाले काठमाडौँ उपत्यकामा सवारी साधनको अत्यधिक चाप रहेको भन्दै यसको व्यवस्थापनका लागि महासंघले ट्राफिक प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै