२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली आफ्नै रचनामा रमाउँदा …

२०७४, १६ फाल्गुन बुधबार १०:४८

विष्णु नेपाल / फागुन १६,काठमाडौँ | म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर… । यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो । 

ती गीतका पंक्तिहरु संगीतका धुनमा गुञ्जिएसँगै खुला चौरमा रातो, नीलो र पहेलो टि सर्ट र नीलो ट्रयाकसुटमा युवा÷युवतीले आफ्नो कला प्रदर्शन शुरु गरेँ । ती जीवन्त गीतका स्रष्टा एवं प्रधानमन्त्री केपी शर्मा ओली मन्द मुस्कानले युवा युवतीका नाचको कलालाई साथ दिइरहनुभयो । 

राष्ट्रिय सेवा दलको १३ औँ वरिष्ठ समूहको अन्तिम दीक्षान्त कवाज कार्यक्रमका सहभागीले आज ललितपुरमा सो गीत गुञ्जिरहँदा नाचकलाको जोसिलो प्रदर्शन गरेका थिए । उसो त ओलीले पहिलो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुँदा सो गीतको रचना गरी दललाई दिनुभएको थियो । 

विसं २०२२ मा स्थापना भएको सो दलले १३ औँ दीक्षान्तमा प्रधानमन्त्री एवं गीतकार ओलीका गीतलाई संगीतमा रुपान्तरण गर्दा तालीमका सहभागीले आकर्षक कला प्रदर्शन गरेका थिए । प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै देशको आर्थिक समृद्धि र विकासमा सबै क्षेत्रबाट उठ्न आह्वान गर्नुभयो । 

उहाँले भन्नुभयो “मेरो नेतृत्वको वर्तमान सरकारको प्रमुख लक्ष्य आर्थिक समृद्धि गरी देश विकास गर्नु हो, सरकारले सदाचारको विधि अपनाउँछ ।” 

सबै युवालाई शिक्षित बनाई देश विकासको मूल प्रवाहमा समाहित गराउन सरकारले काम गर्ने चर्चा गर्दै प्रधानमन्त्री ओलीले युवाको योगदानबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो । 

राष्ट्रिय एकता र भावनाले ओतप्रेत भई उच्च मनोबलका साथ आफ्ना उद्देश्य र सपना पूरा गर्न तालीमका सहभागीलाई आह्वान गर्दै प्रधानमन्त्री ओलीले युवालाई हारेर होइन, जितेर काम गर्न आग्रह गर्नुभयो । 

“विश्वको सर्बोच्च शिखर सगरमाथा, गौतमबुद्धको जन्मस्थल, लालीगुँरास फुल्ने स्वाभिमानी मेरो देशलाई अझ उँचो बनाउन सबै लाग्नुपर्छ, उकाली ओराली अप्ठ्यारोसित नतर्सिदै प्रतिकूलतालाई अनुकूलतामा परिवर्तन गरेर अगाडि बढ्नु पर्छ,” उहाँले भन्नुभयो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले तालीमका सर्बोत्कृत हुने सहभागीलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा रक्षामन्त्री तथा राष्ट्रिय सेवा दलका सहसंयोजक ईश्वर पोखरेलले युवा देशका भविष्य भएकाले उनीहरुको ज्ञान र सीपलाई विकासमा समाहित गराउन सरकारले जोड दिने बताउनुभयो । 

युवा सशक्तीकरण सरकारको प्राथमिकतामा पर्ने चर्चा गर्दै उहाँले अगामी दिनमा सेवादलका कार्यक्रमलाई विस्तार गर्न सहयोग गर्ने जानकारी दिनुभयो । 

राष्ट्रिय सेवा दलका महानिर्देशक उपरथी रवीन्द्र क्षत्रीले ‘स्मार्ट युथ’ का लक्ष्यका साथ सेवादलले अगामी दिनमा ७७ जिल्लाका सात हजार ७०० युवालाई तालीम दिने जानकारी दिँदै तालीमबाट सिकेका ज्ञानले युवाका सशक्तीकरण गर्न सहयोग मिलेको बताउनुभयो । 

१३ आँै दीक्षान्तमा ७६ जिल्लाका युवाका सहभागिता रहेको थियो । यस वर्ष सेवा दलले छ हजार युवालाई तालीम दिने लक्ष्य लिएको छ । तालीमलाई प्रभावकारी बनाउन उसले सेवा दल ऐन २०२७ लाई संशोधन एवं नियमावली समेत तयार गर्ने जनाएको छ । सेवा दलमा आवश्यक जनशक्ति अभावसमेत रहेको बताइएको छ । 

सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दल विगत र वर्तमान नामक पुस्तकको सार्वजानिक पनि गर्नुभयो । सो अवसरमा तालीमका सहभागीले नाच तथा आकर्षक कला प्रदर्शनसमेत गरेका थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ