2026-06-19 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले ठूलो भयौँ भनेर घमण्ड नगर्दा हुन्छ: महासचिव बैद्य

2018-02-28

फागुन १६, काठमाडौँ  | नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्ने बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) बाट असन्तुष्ट भई पुनर्गठन भएको नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)को पहिलो राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गदै उहाँले अहिले ठूलो पार्टी बनेकोमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई घमण्ड नगर्न समेत अनुरोध गर्नुभयो । “अहिले ठूलो भयौँ भनेर घमण्ड नगर्दा हुन्छ” उहाँले भन्नुभयो– “हामी सानो झिल्का हाँै । सानो झिल्का सल्किएपछि ठूलो रुप लिन्छ । अनि के के हुन्छ भन्ने थाहा हुन्छ ।” 

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि एकजुट हुनुको विकल्प नभएको महासचिव वैद्यको भनाइ थियो । “पूँजीवादी क्रान्तिलाई पूरा गर्नका लागि कम्युनिष्ट घटक एक हुनुपर्दछ” उहाँले भन्नुभयो– “त्यसका लागि हामी फेरि मेहनत गरेर कम्युनिष्ट आन्दोलन एकजुट गराउनतर्फ लाग्नु पर्दछ ।” दक्षिणपन्थी शक्तिका विरुद्ध सच्चा कम्युनिष्ट पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा पुनर्गठित माओवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगरले माओवादी केन्द्र दक्षिणपन्थी अवसरवादका लागि लागेको कारणले पार्टीलाई पुनर्गठन गरेको बताउनुभयो । उहाँले चाँडै नै सच्चा कम्युनिष्ट पार्टीलाई एक बनाउने अभियानमा आफूहरु लाग्ने बताउनुभयो । 

पुनर्गठित क्रान्तिकारीका संयोजक आलोक रायमाझीले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । भेलाबाट ४० सदस्यीय केन्द्रीय कमिटी गठन हुने छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ