२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वास्थ्य चौकीलाई जग्गा दान

२०७४, १९ फाल्गुन शनिबार ०३:२९

फागुन १९, इलाम (रासस) | रोङ गाउँपालिका–२ मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवीले करीव रु छ लाख मूल्य पर्ने तीन रोपनी जग्गा निःशुल्क दान दिएका छन् । 

स्थानीय डिकबहादुर राई, वीरबहादुर राई र रामप्रसाद राईले एक एक रोपनी जग्गा दान गरेको वडाध्यक्ष टेकबहादुर तामाङले बताउनुभयो । सो वडामा स्वास्थ्य चौकी बर्थिङ सेन्टर नहुँदा स्थानीयवासीलाई सेवा लिनका लागि घण्टौँ धाउनुपर्ने बाध्यता छ । उक्त जग्गामा बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न भवन बनाउने योजना तयार गरिएको छ । 

यसैबीच नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध कृषि श्रमिक संघ इलामको प्रथम जिल्ला अधिवेशनले विष्णुप्रसाद दुलालका अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा खेमराज भट्टराई, महिला उपाध्यक्षमा मीना चौहान, सचिवमा दीपेन्द्र दुलाल, कोषाध्यक्षमा हेममाया प्रधान र सहसचिवमा वीना भुजेल तथा सदस्यमा टेकबहादुर थापा, रामबहादुर अधिकारी, लक्ष्मी पौड्याल र नेत्र राई निर्वाचित गरेको छ । 

अधिवेशनले फागुन २४ मा हुने ट्रेड युनियन काँग्रेस अधिवेशन प्रतिनिधिमा गोपाल भट्टराई, राजेन्द्र शर्मा, प्रमिला आचार्य, विष्णुप्रसाद दुलाल, पवित्रा आचार्य, सूर्य प्रधान र मनोज तिम्सिना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विष्णुप्रसाद दुलाल र दीपेन्द्र दुलाललाई चयन गरेको छ । 

ट्रेड युनियन काँग्रेसका अध्यक्ष हरि फुयाँलले इलाममा कृषि श्रमिक संघले स्थानीय तहमा आएका सेवा सुविधा र अधिकारबाट बञ्चित नहुनका लागि बहस तथा पैरवी गर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी