२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो किस्ता ५० हजार लिएर पनि घर नबनाउनेलाइ यस्तो सजाय गरिने

२०७४, २३ फाल्गुन बुधबार ०९:४४

फागुन २३, काठमाडौं । सरकारले दिएको अनुदानको हिलो किस्ता ५० हजार  लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कालोसूचीमा राखी कारवाही गर्ने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२औं बैठकले सरकारले दिने अनुदानको पहिलो किस्तावापतको ५० हजार रुपैयाँ लिएर पनि घर नबनाउनेहरुलाई कारवाही गर्ने निष्कर्ष निकालेको छ ।

‘झुण्ठो विवरण पेश गरी रकम लिने र घर बनाउने सुरसार नै नगरेकाले उनीहरुलाई दण्डात्मक व्यवस्था गर्न लागेका हौं, हामी पनि पहिले गोरखापत्रमा सूचना निकालेर सचेत गराउँछौं ।

पछि कानुनअनुसार रकम फिर्ता गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही हुनेछ’ – प्राधिकरणका सह–प्रवक्ता भीष्मकुमार भूसालले बताए ।

कालोसूचीमा परेकाले सरकारले उपलब्ध गराउने नागरिकता, पासपोर्ट लगायतका कागजात नपाउनुका साथै अन्य नागरिक अधिकारबाट बञ्चित हुने र बैंकको समेत कालोसूचीमा पर्ने उनले बताए ।

प्राधिकरणले गत फागुन ३० गतेबाट भूकम्पपीडितलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ दिन थालेको हो ।

साउन र भदौ महिनामा गरी झण्डै साढे चार लाखले पहिलो किस्ताको पचास हजार पाएका भएपनि माघ तेस्रो सातासम्म दोस्रो किस्ता माग गर्नेहरु हजारको हाराहारीमा मात्रै रहेकाले राज्यको पैसा लिएर घर नबनाउने नियत देखिएको उनले बताएका छन् ।

माघ २३ सम्म उपत्यकाका तीन सहित १४ जिल्लाका ५ लाख १० हजार १ सय ३० जनाले पहिलो किस्ताको रकम लिइसकेका छन्।

प्राधिकरणले दोस्रो किस्ताका लागि १२ अर्ब रुपैयाँ सम्बन्धित जिल्ला विकास समितिमा पठाइसकेको छ। अहिलेसम्म करिब २७ हजार घर निर्माणाधीन रहेको तथ्यांक प्राधिकरणसँग आइपुगेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से