2026-09-13 10:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको गाउँमा पुगेन सञ्चार सुविधा

फागुन २७, कालीकोट  | यहाँका तिन नगरपालिका र ६ वटा गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आएको छैन । जिल्लाको खाँडाचक्र र रास्कोट नगरपालिका, कालिका र सान्नी त्रिवेणी गाउँपालिका इन्टरनेट सेवा भए पनि तिलागुफा नगरपालिका, महावै, पचालझरना, नरहरीनाथ र पलाता गाउँपालिकामा इन्टरनेट सेवा छैन ।

नगरपालिका तथा गाउँपालिकामा इन्टरनेट सेवा नहुँदा दैनिक कामकाज अन्य सेवामा समस्या भएको छ । खाँडाचक्र र रास्कोट नगरपालिका, कालिका र सान्नी त्रिवेणी गाउँपालिका वर्डलिंकले इन्टरनेट सेवा दिएको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए । ‘केही गाउँपालिका तथा नगरपालिकाले वर्डलिंङ्कको इन्टरनेट सेवा लिएका छन्,’ उनले भने, ‘सबै ठाउँमा इन्टरनेट सेवा छैन् ।’

सबै स्थानीय तहमा इन्टरनेट पुराउनका लागि पहल भइरहेको इन्टरनेट सेवा नहुँदा दैनिक कामकाजमा समस्या भएको तिलागुफा नगरपालिकाका उपप्रमुख दर्शना नेपालीले बताइन् । ‘सबै नगरपालिका तथा गाउँपालिकामा इन्टरनेट सेवा नहुँदा समस्या भएको छ ।’ उनले भनिन्, ‘अहिलेको जमाना इन्टरनेट सेवा नहुनु भनेको कति पछाडि परेको छ ।’

नगरपालिका तथा गाउँपालिकामा इन्टरनेट सेवा नहुँदा बैंकिङ कारोबार लगायतका काम गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता रहेको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए । ‘सबै स्थानीय तहमा इन्टरनेट सेवा नहुँदा बैंकिङ कारोबार लगाएतका काम गर्न समस्या भएको छ,’ उनले भने, ‘सबै काम गर्न सदरमुकाम नै आउनु पर्ने बाध्यता रहेको छ ।’ सबै नगर तथा गाउँपालिकामा मोबाइल सेवा पनि छैन ।

जिल्लाका सबै गाउँपालिका र नगरपालिका मोबाइल फोनको टावर नहुँदा फोनसम्पर्क गर्न पनि समस्या हुने गरेको छ । जिल्लाका पलाता गाउपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिका, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका आधा भू–भाग र तिलागुफा नगरपालिकामा मोवाइलको टावर नहुँदा त्यहाँका बासिन्दा फोन सेवा बञ्चित भएका छन् ।

नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिकाका फोन सेवा सुविधा भए पनि बिहान १० बजे खुल्ने र बेलुका ४ बजे नै मोबाइलका बन्द हुने गरेको नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए ।  ‘मोबाइल सेवा पनि राम्रो छैन’ उनले भने, ‘फोन सेवा भए पनि सरकारी कर्मचारी छ । कार्यालय समयमा मात्रै फोन सेवा चल्छ ।’ मोबाइलको राम्रो नेटवर्क नहुँदा समस्या भएको त्यसका जिल्लाका धेरै ठाउँमा मोवाइलको टावर बनाउन माग गरिएको तिलागुफा नगरपालिका उपप्रमुख दर्शना नेपाली बताइन् ।

फोन गर्न दुई दिन पैतल हिँड्नु पर्ने गाउँभन्दा बाहिर रहेको आफन्तसँग फोन सम्पर्क गर्नका लागि गर्नका पलाता, महावै, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका आधा भू–भाग र तिलागुफा नगरपालिकाका बासिन्दाले दुई दिनको पैतल दूरी हिँडेर मान्मसम्म आउनुपर्ने बाध्यता रहेको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए । ‘नजिकमा कुनै पनि फोनका टावर छैनन्,’ उनले भने, ‘फोन सम्पर्क गर्नकै लागि पनि सदरमुकाम आउनुपर्ने बाध्यता छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले