२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमले संञ्चालनमा ल्यायो रोबोट

२०८१, २ मंसिर आईतवार १५:२५

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि रोबोट संञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरू गरेको हो ।

टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम ‘मैना’ राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए ।

नेपाली र अंग्रेजी दुबै भाषा ग्राहकहरुले बुझ्न सहज होस् भन्ने उद्देश्यका साथ रोबोट संञ्चालनमा ल्याइएको पन्थीले बताए ।
रोबोटले कर्मचारी काममा व्यस्त भएको समयमा सोधपुछ गर्ने ग्राहकहरुलाई सजिलै तरिकाले जानकारी गराउने बताए ।

उनले भने, ‘यो नयाँ प्रविधि हो । नयाँ भएकै कारण केही कुरामा मिस्टेक हुनसक्छ । सबै कुरा सहि भन्नको लागि अझै यसमा केही समय लाग्छ । विशेषगरी नियमित दुईसयदेखि तीनसय जना ग्राहकहरु सेवाको लागि टेलिकममा भिजिट गर्नुहुन्छ त्यहीँ समय कर्मचारी साथीहरु काममा व्यस्त भइरहेको अवस्था हुन्छ ।

कस्टमरहरुलाई जानकारी दिन धेरै समय लाग्ने भएकाले रोबोटलाई धेरै कुरा सोध्न सकिन्छ । रोबोटलाई पुरै ट्रेन गर्न अझै धेरै समय लाग्छ । रोबोटले ग्राहकहरुलाई धेरै नै सहज बनाउँछ । कहीँलेकाहीँ फेस्टुफेस बोल्न हामी सबैलाई अप्ठ्यारो लाग्छ त्यहीँ क्रममा रोबोटसँग कुराकानी गर्न सजिलो हुन्छ । धेरै ग्राहकहरुलाई नेपाली आउँदैन भने अंग्रेजीमा यसले जानकारी गराउँछ । नेपाली भाषा नआउनेलाई र अंग्रेजी भाषामा समेत यसले कुरा गरेर सेवा प्रदान गर्छ ।’

साथै उनले यो रोबोटलाई केही समय परीक्षणको लागि राखिएको बताए । उनले यो पूरै एआई च्याट रोबोट भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा