३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीडितलाई अन्याय हुने गरी मुद्दा फिर्ता नलिन माग

२८ फाल्गुन २०७४, सोमबार ०९:१४

फागुन २८, काठमाडौँ | मानव अधिकार तथा शान्ति समाजले टीकापुर घटनाका संलग्न दोषीलाई उन्मुक्ति दिने उद्देश्यले मुद्दा फिर्ता नलिन माग गरेको छ । 

समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गर्नुभएको विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै विसं २०७२ भदौमा घटाइएको उक्त घटनाका दोषीलाई आममाफी दिने प्रयास भइरहेको आशंका व्याप्त भएको हुँदा त्यसो नगर्न आग्रह गरिएको छ । 

कुनै पनि अवस्थामा दोषीले उन्मुक्ति र निर्दोषले दण्ड सजाय पाउन नहुने भन्दै त्यस घटनाका दोषीबारे न्यायिक प्रक्रियाबाट टुंगो लगाइसकिएकाले राजनीतिक हस्तक्षेप नगर्न विज्ञप्तिमा भनिएको छ । 

राजनीतिक सहमतिका नाममा पीडकलाई उन्मुक्ति दिने, न्यायिक प्रक्रियालाई क्षतविक्षत पार्ने र खण्डित गर्ने कार्यलाई सरकारले नियन्त्रण गर्नपर्ने भन्दै अपराधमा संलग्न व्यक्तिले कुनै पनि निकायको निर्वाचन जित्दैमा आममाफी दिन नमिल्ने उल्लेख गरिएको छ । 

अपराध प्रवृत्तिका मानिसलाई निर्वाचनमा उम्मेदवार बनाउने दलहरुको नियत नै खराब देखिएको र अपराधको राजनीतिकरण बढ्दै गएको सन्दर्भमा अपराधकुक्त राजनीति र अपराधिमुक्त निर्वाचित निकायका लागि आवश्यक कानूनी व्यवस्था गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली