२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमा अलपत्र परेकालाई सेवा

२०७४, १८ चैत्र आईतवार ०९:३०

चैत १८, काठमाडौँ | मानवसेवा आश्रमले स्थापनाको छ वर्षमा सडकमा अलपत्र परेका करीब एक हजार मानवलाई सेवा गरेको छ । 

विसं २०६९ मा स्थापित आश्रमले काठमाडौँ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, पर्सा, बागलुङ, कास्की र रुपन्देहीमा रहेका मगन्ते, सडकमा अलपत्र परेका, घरवारविहीन, बेवारिसे र मनोरोगीलाई आवासीय तथा गैर आवासीय रुपमा व्यवस्थापन गरेको छ । 

पशुपति क्षेत्र विकास कोषको समन्वयमा आश्रमले केही दिनदेखि पशुपति क्षेत्रमा माग्दै जीवनयापन गर्ने विभिन्न उमेरका मानिसलाई उचित व्यवस्थापन गरिरहेको छ । विश्वका हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल पशुपतिनाथ मन्दिर तथा त्यस आसपास क्षेत्रमा अब कसैले पनि भोकै र नाङ्गै रहनु नपर्ने आश्रमले जनाएको छ । 

आश्रमले आगामी वर्षभित्र मकवानपुर, गोरखा, लमजुङ र बागलुङ जिल्ला एवं भरतपुर, वीरगञ्ज, बुटवल, र ललितपुर नगरलाई सडकमा सहयोगापेक्षी मानवरहित महानगर घोषणा गर्ने लक्ष्य राखेको आश्रमका काठमाडौँ संयोजक सुमन बर्तौलाले जानकारी दिनुभयो । केही समयदेखि पशुपति क्षेत्रका सडकमा बेवारिसे बनेका, भौतारिएका र दीनदुःखीको व्यवस्थापनका लागि सक्रिय भएको र यसमा पशुपति क्षेत्र विकास कोषले सहयोग गरेको छ । 

मानवसेवा आश्रमले शनिबार पशुपति क्षेत्रबाट सबै सहयोगापेक्षी मानिसलाई संरक्षण दिएको छ । यसरी पाइएका बेवारिसे मानिसलाई नुहाउने र सरसफाइ गरिदिने गरिएको छ । घरपरिवार नभएका र पेशागत रुपमा मगन्ते जीवनयापन गरिरहेकालाई घर पठाउने वा आश्रममा राखेर सेवा दिनेगरी काम अगाडि बढाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो |

रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से