2026-06-19 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तारकेश्वरमा तीनमहिने बुनाई तालीम सम्पन्न

2018-04-06

चैत २३, काठमाडौँ | तारकेश्वर नगरपालिका तथा शान्ति महिला समूहको संयुक्त आयोजनामा आयोजित तीन महिने तालीम विहिबार सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा प्रदेशसभा सदस्य योगेन्द्र संग्रौलाले तालीममा सिकेको सीपबाट ढाकाको सल खरिद गरेर आगामी दिनमा अझ बढी उत्पादन गर्न र आवश्यक बजार व्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

समापन कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल (धिताल) ले सिकेको सीपलाई खेर जान नदिन आग्रह गर्दै सीप सिक्न र वृत्ति विकासकालागि नगरपालिकाका तर्फबाट हुने सहयोगमा कुनै कमी नहुने बताउनुभयो । 

सोही कार्यक्रममा तारकेश्वर नगरपालिका–८ का अध्यक्ष मनोजकुमार घिमिरेले शान्ति महिला समूहले महिलालाई छोटो समयमा आफ्नो सीप अगाडि बढाउन सक्ने क्षमता प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो । 

प्रशिक्षक नानु पुरीले तालिमबाट एउटा सीपको शुरुवात भएको तथा यसलाई खेर जान नदिन आफ्नो कामलाई निरन्तरता दिन प्रशिक्षार्थीलाई अनुरोध गर्दैं आगामी दिनमा पनि आफूले निरन्तर सहयोग गरिरहने विश्वास दिलाउनुभयो । 

प्रशिक्षार्थी सीता नेपालले प्राप्त गरेको सीपलाई निरन्तरता दिन आफूलाई थप तालीमको आवश्यकता भएको कुरा व्यक्त गर्नुभयो । शान्ति महिला समूहका अध्यक्ष बत्तीस महर्जनको सभापतित्वमा भएको कार्यक्रममा १५ महिलाले ढाका कपडा बुनाइको प्रशिक्षण लिएका थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले