चैत्र २३ काठमाडौं | भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० जना सचिवहरुको सरुवा गरेका छन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुरानो मिति राखेर शुक्रबार बिहान सचिव सरुवाको सूचि टुंगो लगाइएको हो।
नयाँ जिम्मेवारीअनुसार प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राई गृह मन्त्रालयमा पुगेका छन्। प्रधानमन्त्री कार्यलयकै अर्का सचिव शरदचन्द्र पौडेल योजना आयोगमा सरूवा भएका छन् । कार्यालयकै अर्का सचिव कृष्णराज बिसी खानेपानी मन्त्रालयका सचिव भएका छन्। त्यस्तै अख्तियारमा महेश्वर न्यौपानेको सरुवा भएको छ।
श्रममा महेश दाहाल, रक्षामा बिष्णु लम्साल, सञ्चारमा महेन्द्रमान गुरुङ, शिक्षामा खगराज बराल, भौतीक योजना तथा यातायातमा मधुसुदन अधिकारी, वनमा डा.विश्वराज ओली तथा काठमाडौं महानगरपालिकामा यादब कोइरालाको सरुवा भएको छ।
गृहका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालय तथा अर्थका शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ।
श्रमका लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालय, रक्षाका विनोद केसीलाई राष्ट्रपति कार्यालय, भौतीकका देवेन्द्र कार्कीलाई नेपाल ट्रष्टको कार्यालयमा, नेपाल ट्रष्टका अर्जुन कार्कीलाई पुर्ननिर्माण प्राधिकरणमा सरुवा गरिएको छ।
अनिल ठाकुरलाई महिला आयोग, गजेन्द्र ठाकुरलाई शिक्षा तथा प्रविधि र भूपेन्द्र पौडेललाई सूचना आयोगमा सरुवा गरिएको छ।
२० गतेको मिति राखेर उनीहरुको सरुवा भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ |