२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सम्पदा साइक्लिङ यात्रा’ सम्पन्न

२०७५, ४ बैशाख मंगलवार १०:३७

वैशाख ४ काठमाडौँ | विश्व सम्पदा दिवसका अवसरमा हनुमाढोकादेखि स्वयम्भूनाथसम्म ‘सम्पदा साइक्लिङ यात्रा’ गरिएको छ । 

विश्व सम्पदा उत्सव मूल समारोह समितिले आयोजना गरेको यात्रामा त्यस क्षेत्रमा रहेका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदास्थलको सहभागीहरूलाई भ्रमण गराइएको हो। 

मरुगणेश, काष्ठमण्डप, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, बञ्जाहिटी, नरदेवी, लोकेश्वर गल्ली, भुरुङ्खेल, डल्लु चौतारा, भुइखेल हुँदै स्वयम्भू क्षेत्रसम्म साइक्लिङ गरिएको थियो । हनुमानढोका स्वयम्भूनाथसम्मको दूरी २.२ किलोमिटर छ । 

प्रदेश नं ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले सो यात्रा शुभारम्भ गर्दै एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका प्राचीन महत्वका सम्पदाको प्रवद्र्धन गर्न सकेमा पर्यटन उद्योगको समेत विकास हुने बताउनुभयो । 

सांसद जीवनराम श्रेष्ठले यस क्षेत्रमा रहेका पुराना सम्पदाले तत्कालीन समाजको अध्ययन गर्न सहयोग पुग्ने बताउँदै यस क्षेत्रका सम्पदामार्ग निर्माणका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । 

समितिका सचिव डिल्लीरत्न तुलाधरले विश्व सम्पदा दिवसमा हाम्रा सम्पदालाई देश विदेशमा प्रचार गर्न यही वैशाख २ गतेदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भइसकेको जानकारी दिँदै चेस, कबड्डी, स्केटबोर्डलगायत खेल आज खेलाइने बताउनुभयो । विश्व सम्पदा दिवस भोलि बुधबार मनाइँदै छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन