त्रिभुवन अन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

त्रिभुवन अन्त"/>

२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ विमान निगमलाई हस्तान्तरण

४ बैशाख २०७५, मंगलवार १२:२९

वैशाख ४ काठमाडौँ | चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ । 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गर्नुभयो । 

कलसाइन ९एन–एकेयू÷९एन–एकेभी विमान करीब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो । जम्मा १७ सिट क्षमताका यी दुईसहित छ वटा चिनियाँ विमान नेपाल आइसकेका छन् । छ विमानमध्ये दुई विमान वाई १२ र एमए ६० (५६ सिट क्षमताका) विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाई १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ । 


विसं २०६९ मा नेपाल सरकार र चीन सरकारबीचको प्रत्यक्ष सम्झौताबमोजिम कूल ६ वटा जहाज नेपाल वायुसेवा निगमले ल्याउने र त्यसमा दुई अनुदान र चार वटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो । निगमका पुराना तीनसहित नौ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । 

हाल निगमले देशका विभिन्न २३ गन्तव्यमा आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ विभिन्न मुलुकका आठ वटा गन्तव्यमा नियमित उडान भर्दै आएको छ । निगममा विमान भित्रिए पनि विमानचालक (पाइलट) अभावका कारण तीन वटा विमान लामो समयदेखि थन्किएका छन् । 

सय दिनभित्र छवटै विमान उडाउन निर्देशन 

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले चीनबाट ल्याइएको छ वटै विमान सय दिनभित्र सञ्चालनमा लयाउन वायु सेवा निगमलाई निर्देशन दिनुभएको छ । 

विमान आउने र विभिन्न बहानामा थन्किने अवस्था रहेकोप्रति चासो जनाउँदै उहाँले अबको तीन महिनाभित्र विमान पूर्ण रुपमा सञ्चालनका व्यवस्थापन गर्न निगमलाई आग्रह गर्नुभयो । 


पर्यटनमन्त्री अधिकारीले नेपाल र चीनको सम्बन्ध विमान उडेजस्तै हुनुपर्ने भन्दै आएका विमानलाई सहज रुवमा उडानको वातावरण सिर्जना गर्न दुवै पक्षले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । “छ वटा विमान आएका छन् यो सञ्चालन राम्रो भयो भने दुई देशबीचको सम्पन्न पनि राम्रो हुन्छ, सधैँ विमान चालक अभाव भनेर उम्कन पाइँदैन धेरै पाइलट उत्पादन गर्ने गरी त्यस अनुरुपको तालीम लगायतका कार्यक्रम प्रभावकारी रुपमा लैजानुपर्छ,” मन्त्री अधिकारीले भन्नुभयो । 

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले नयाँ विमानबाट आन्तरिक उडानलाई प्रभावकारी बनाइने बताउनुभयो । 


निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले निगमका सकेसम्म तीन महिनाभित्रै सबै विमान उडानको व्यवस्थापन गरिने र हालकै गन्तव्यमा उडान भर्ने योजना सुनाउनुभयो । 

नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नयाँ विमान उपयोगी हुने धारणा व्यक्त गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ