पढ्न करिब 1 मिनेट लाग्छ

जितेन्द्र भण्डारी | बैशाख ४, पाँचथर | पाँचथरको हिलिहाङ गाउपालिकामा बैशाख २४ देखि ५ दिन सम्म प्रथम हिलिहाङ महोत्सव सञ्चालन हुने भएको छ ।

हिलिहाङ गाउपालिकामा रहेका ऐतीहासिक–पुरातात्विक हिलिहाङ दरबारसँगै गाँउपालिकामा रहेका अन्य धार्मिक ऐतीहासिक स्थलहरुलाई पर्यटन क्षेत्रमा विकास गर्न हिलिहाङ गाउपालिका–४ मा अवस्थित हिलिहाङ दरबार परिसरमा महोत्सव आयोजना हुनेछ । महोत्सवको आयोजना हिलिहाङ गाउपालिकाले गर्न लागेको हो ।

गाउपालिकाले मँगलबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव सञ्चालन हुने जानकारि गराएको हो । पाँच दिन सम्म चल्ने महोत्सवमा हिलिहाङ दरबार क्षेत्रलाई ऐतीहासिक–पुरातात्विक अध्ययन केन्द्रको रुपमा विकास गर्ने महोत्सवको मुख्य उदेश्य रहेको गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङदेनले जानकारी दिनुभयो ।

महोत्सवमा ५० लाख अनुमानित खर्च हुनेछ । जस्का लागि गाउपालिकाबाट १० लाख रुपैँया विनियोजन गरिएको र ४० लाख रुपैँया अन्य स्रोतबाट संकलन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा गाउपालिकामा अवस्थित पर्यटककिय स्थलहरुमा पदयात्रा, प्रथम हिलिहाङ भलिबल गोल्डकप, हिलिहाङ दरबारको ऐतीहासिकता र वर्तमान अवस्थाबारे छलफल, हिलिहाङ दरबार क्षेत्रका तत्कालिन राजा हिलिहाङको शालिक अनावरण, जोरपोखरि–आगेजुङ–हिलिहाङ पदयात्रा साथै राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक साँगितीक प्रस्तुती समेत हुने भएको छ ।

महोत्सवलाई १० हजार जना आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।