२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिटल थिएटर ग्यारेजमा बालबालिका

२०७५, ५ बैशाख बुधबार १३:१४

वैशाख ५, काठमाडौं । काठमाडौंमा केही बालबालिकाहरुले एकै मञ्चमा एकै दिन तीन नाटक मञ्चन गरेका छन् । उनीहरुले आफ्ना आमाबुबाको स्नेह र कमजोरी दुवैलाई अभिनय मार्फत प्रस्तुत गरेका हुन् ।

थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलले गरेको बालबालिकाका लागि अभिनय तथा नाट्य कार्यशाला ‘लिटल थिएटर ग्यारेज’को चौथो संस्करणको समापनमा नाटक मञ्चन गर्दै उनीहरुले अभिभावकसामु आफ्नो स्नेह र गुनासो पोखेका हुन् । 

बालबालिकाहरुले १५ दिने कार्यशालामा अघिल्लो १० दिन अभिनय र नाटकका प्रक्रियाहरु बुझ्दै, रमाउँदै पछिल्लो ५ दिनमा तीन नाटक तयार पारेका थिए । ५ देखि १५ वर्षसम्मका २९ जना बालबालिका सहभागी भएको कार्यशालाको समापनमा नेपाली बालसाहित्यका पिता शान्तदास मानन्धरको नाटक ‘म जोकर बन्छु’ र लोककथामा आधारित नाटक ‘टोपी’ र ‘मुसाको कथा’ मञ्चन भएका हुन् ।

‘म जोकर बन्छु’ र ‘टोपी’को निर्देशन टिसीसी नेपालका कला निर्देशक केदार श्रेष्ठले निर्देशन गरेका थिए भने ‘मुसाका कथा’लाई थिएटर मलका प्रवन्ध निर्देशक समेत रहेकी इलिना नकर्मीले निर्देशन गरेकी थिइन्, साथै कार्यशालाका संयोजक सञ्जिता पराजुलीले नृत्य निर्देशन गरेकी थिइन् । 

हरेक वर्ष अप्रिल २ बाट हुने कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’को नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा विगत चार वर्षदेखि हुँदै आएको छ । 

तीन नाटक बारे: 

नाटक ‘म जोकर बन्छु’मा अभिभावकको स्नेहभन्दा पनि दवाव बेहोर्नुपरेको बालकले आफ्नो बुबाले सकर्समा जोकरको चर्तिकला हेरेर खुशी भएपछिको प्रभाव प्रस्तुत गरिएको थियो । आफ्नो अतिरिक्त क्रियाकलापबाट खुशी नभएका बाबुलाई खुशी बनाउन आफू पनि जोकर बन्न उत्साहित भएका बालकको अभिव्यक्ति नाटकमा थियो । 

त्यस्तै लोककथामा आधारित नाटक ‘टोपी’मा आमाले मायाको ऊन र ममताको कुरुस चलाएर बुनेको टोपीको अन्य कुनैपनि मुल्यवान र मंहगा टोपी वा सामाग्रीसँग तुलना नहुने कथासार थियो । आमाले बुन्दिएको टोपी राजाको श्रीपेचसँग पनि साट्न नमानी दरबारबाट निस्कन बालकले गरेको संघर्षको कथाले अभिभावकप्रति सन्तानको स्नेह र सम्मानलाई मञ्चमा देखाइएको थियो । 


अर्को नाटक ‘मुसाको कथा’मा मुसाहरुको परिवारमा सानादेखि ठूलासम्मले सबैले आ–आफ्नो कामको जिम्मेवारी लिँदै मिलिजुली खुशीसाथ जीवनयापन गरेका दृश्यहरु मञ्चमा प्रस्तुत भएका थिए । 

सहभागीहरु: 


लैनचौरस्थित नेपाल जापान बाल पुस्तकालयमा भएको कार्यशालामा काठमाडौं उपत्यकाका विभिन्न स्कुलमा अध्ययन गरिरहेका बालबालिकाहरु सहभागी भएका थिए । कार्यशालामा आख्यान पुडासैनी, अदिती पौडेल, अनसुया पौडेल, अनमोल धरेल, अनमोल खनाल, अनुप पुरी, अर्विन खड्का, आर्यन जोशी, आर्यन पौडेल, असिम त्वनबसु, बिराज भट्टराई, डेनियल डंगोल, गायत्री श्रेष्ठ, हिमांसु उप्रेती, कृती भट्टराई, मेघमाला श्रेष्ठ, न्हूजला श्रेष्ठ, निपूर्ण पौडेल, प्रशान्त कोइराला, प्रिन्स सिलवाल, क्वीनसम जोशी, सक्षम श्रेष्ठ, सम्मान महर्जन, सम्यक न्यौपाने, सम्श्रीती थापा, श्रेया गिरी, सुजित गिरी, सुशान्त कोइराला र यशोसिका डंगोल सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन