बैशाख ५ काठमाडौँ । विदेशीएका नेपालीहरुलाई स्वदेश फर्किन उत्प्रेरित गर्न फोरेन रिर्टन नेप्लिज् फर नेपाल (फोरेन) को स्थापना गरिएको छ । नेपालभित्र र विश्व भर छरिएर रहेका सम्पूर्ण नेपालीलाई राष्ट्रियताको सुत्रमा एकिकरण गरि सवैलाई आर्थिक रुपमा समृद्ध र विकसीत नेपालबनाउनतर्फ अग्रसर गराउने उदेश्यले फोरेनको स्थापना भएको छ ।
विदेशमा पढी, काम गरि स्वदेशमा केहीगर्ने होसला बोकि फर्केका नेपालीहरुको संधर्ष, सफलता, हाँसो र रोदनको कथा –व्यथालाई सबै नेपाली माझ प्रस्तुत गरि देशमा थप योगदानका लागि हौस्याउने जमर्काे फोरेनले गरेको छ । यो एक साझा मञ्ज हो जसका सदस्यहरुले एक–आपसमा स्थापित सञ्जालको सहयोग द्वारा थप रोगजार सृजना र थप सफलताका गाथा कोर्न सक्ने फोरेनले जनाएको छ् ।
हाम्रो मातृभुमि नेपालमाहामी सबै अटाउँछौ र समग्र नेपालको दु्त विकास सम्भव छ भन्ने मर्मलाई आत्मसाथगर्दैै फोरेनले विदेशीएर स्वदेशीएका नेपालीहरुको सफलताको नमूना पेश गर्न सकिने फोरेनले जनाएको छ ।