२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा वर्षदिनमा चट्याङ लागेर तीनको मृत्यु

२०७५, ७ बैशाख शुक्रबार १५:२५

चिसाङ शेर्पा | बैशाख ७ खोटाङ | खोटाङमा एक वर्षमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । विभिन्न समयमा हावाहुरी मेघगर्जनसहित परेको चट्याङले गएको वर्षमा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दिक्तेलका अनुसार २०७४ बैशाख २३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ४३ वर्षीय शेर बहादुर कट्वाल, गत चैत्र २१ गते सोही नगरपालिका–२ सोल्मा ओखरबोटका ६२ वर्षीय सम्बर वहादुर दाहाल र साकेला गाउँपालिका–२ रतन्छाकी ५५ वर्षिय वाल कुमारी खत्रीको एकै दिन मृत्यु भएको थियो । 

गएको वर्षमा विभिन्न समयमा चट्याङ लागेर घाईते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी ७ वर्षीय सुस्मिता खत्री, ७ वर्षीय सुस्मा खत्री, लफ्याङकी ४५ वर्षीय प्रविना श्रेष्ठ र साकेला गाउँपालिका–२ रतन्छाका ६४ वर्षीय प्रेम वहादुर खत्री  उपचारपछि घर फर्केका छन् ।

यस वर्ष चट्याङकै कारण ओखलढुंगा घरभई शसस्त्र प्रहरी वल हलेसी गुल्म दिक्तेलमा कार्यरत जवान यूवराज वि.क अझै वोल्न नसक्ने गम्भीर अवस्थामा छन् । गत बैशाख ३ गते चट्याङ लागेका विकको जिल्ला अस्पताल दिक्तेलले काठमाण्डौ रेफर गरेकोे थियो । 

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १८ वर्षीय प्रेम बहादुर कट्वाल र रावावेशीं गाउँपालिका–१ कुभिण्डेकी ७५ वर्षीय चन्द्रमाया तामाङ घाईते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन