विशेष एससी–एसटी अदालतका न्यायाधीशले बुधबार बिहान से"/>
विशेष एससी–एसटी अदालतका न्यायाधीशले बुधबार बिहान से"/>
वैशाख १२ काठमाडौँ । नाबालिक शिष्यामाथि यौनशोषण गरेको आरोपमा ८० वर्षीय आशाराम बापुलाई दोषी करार गरिएको छ ।

विशेष एससी–एसटी अदालतका न्यायाधीशले बुधबार बिहान सेन्ट्रल जेलमा नै बेञ्च बसाएर आफ्नो फैसला सुनाएका हुन् ।आशारामसँगै उनका दुई सहयोगीलाई पनि दोषी ठहर गरिएको छ | कति वर्ष जेल सजाय हुने भन्ने फैसला हुन बाँकी छ । उनलाई १० वर्षसम्म सजाय हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसमा प्रावधान आजीवन कारावाससम्मको छ ।
आराराममाथि २०१३ मा आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप थियो । किशोरीका आमाबुबा आसारामका भक्त थिए । एक दिन स्कुलमा किशोरी लडेपछि बाबुआमाले उनलाई आश्रममा लिएर गए । त्यही आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।
१५ अगष्ट २०१३ मा बलात्कृत भएकी किशोरीले पाँच दिनपछि प्रहरीमा उजुरी दिएका थिए । आशाराम इन्दौरबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमा छन् ।