२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

के तपाईको परिक्षा नजिकिदै छ ? यसरी पढाइमा ध्यान केन्द्रित गर्नुहोस्

२०७५, २ जेष्ठ बुधबार ११:०४

१ ) उपयुक्त ठाउँ रोज्नुहोस्

डिस्टर्ब’ नहुने ठाउँको वातावरण तपाईंले रोज्नुपर्ने हुन्छ। त्यस्तो वातावरण, जसले तपाईंको ध्यान पढाइमै मात्र केन्द्रित गरोस्। त्यसका लागि पुस्तकालय एउटा उपयुक्त स्थान हुन सक्छ। पुस्तकालय त एउटा उदाहरण भयो, तपाईंको ध्यान अन्यत्र नमोडिने जुनसुकै ठाउँमा बसेर अध्ययन गर्न सक्नुहुन्छ। तपाईंले अध्ययन गर्ने विश्वविद्यालय वा क्याम्पसमा पनि अध्ययनका लागि उपयुक्त स्थान हुन सक्छ। त्यस्ता स्थानहरूले तपाईंलाई अध्ययनका लागि प्रेरित गर्न सक्छन्। कहिलेकाहीँ कलेजका ‘क्याफ्टेरिया’हरू पनि अध्ययनका लागि रोज्न सकिन्छ।कहिलेकाहीँ क्याम्पसमा दिक्क लागेको बेला तपाईंले क्याम्पसभन्दा टाढा कतै गएर पनि अध्ययन वा गृहकार्य गर्न सक्नुहुन्छ।

२) सामाजिक सञ्जालबाट टाढा बस्नुहोस्

तपाईंलाई केही पनि कुराले ‘डिस्टर्ब’ गर्नु हुँदैन। सामाजिक सञ्जालले तपाईंलाई अल्मल्याउन सक्छ। कहिलेकाहीँ इमेलको प्रयोग आवश्यक पर्न सक्छ। तर, अहिलेका मानिसले सामाजिक सञ्जाललाई गफ गर्ने साधन मात्र बनाएका छन्। उनीहरू सामाजिक सञ्जालमा घन्टौंसम्म गफ गरेर बस्छन्। कहिलेकाहीँ त मोबाइल वा अन्य ग्याजेटको प्रयोग पनि सामाजिक सञ्जाल चलाउनका लागि मात्र प्रयोग भएको पाइन्छ। त्यसैले सामाजिक सञ्जालको कम प्रयोग गरेर आफ्नो समय बचाउनुहोस् र अध्ययनमा लाग्नुहोस्।

३) मोबाइल टाढा राख्नुहोस्

मोबाइलले पनि तपाईंलाई डिस्ट्रब गर्न सक्छ। त्यसैले सबैभन्दा उपयुक्त विकल्प भनेको मोबाइललाई तपाईंबाट टाढा राख्नुहोस्। अथवा तपाईंले साइलेन्टमा पनि राख्न सक्नुहुन्छ। बरु, काम छैन भने मोबाइल नै स्विच अफ गरिदिनुहोस्। इमर्जेन्सी छ भने बेलाबेलामा मोबाइल चेक पनि गर्न सक्नुहुन्छ। तपाईंको मुख्य ध्यान भनेको पढाइमै हुनुपर्छ। यो कुरा तपाईंका साथीहरूलाई पनि भन्नुहोस्। म्यासेज हेर्न सक्नुहुन्छ। जरुरी फोन गर्न सक्नुहुन्छ।

४) विश्राम लिनुहोस्

अध्ययन सँगसँगै वि श्रामको पनि जरुरी हुन्छ। कलेजको अध्ययन गर्नु पनि अन्य काम गरेजस्तै परि श्रम गर्नु नै हो। यहाँ पनि मेहनत पर्छ। तर, अध्ययनलाई बोझको रूपमा नलिनुहोस्। कलेजले गृहकार्य दिएको हुन सक्छ। एउटा विषयको गृहकार्य सकाएर अर्काे थाल्नुअघि वि श्राम लिनुहोस्। अध्ययन सामग्रीमा केन्द्रित हुन पनि बेलाबेलामा वि श्रामको जरुरी पर्छ। त्यसैले अध्ययनका क्रममा ब्रेकलाई पनि ध्यान दिनुहोस्। दिमागलाई फ्रेस बनाएर अध्ययन गर्नुहोस्।

५) नोट गर्नुहोस्

लेक्चर नोट गर्नुहोस्। शिक्षकले बोलेको कुरा ट्रान्सक्राइब गरेर अध्ययन गरिरहनुपर्छ। यसरी लेखेको तपाईंको नोटकपी एकदमै पुरानो देखिने गरी अध्ययन गर्नुहोस्। ट्रान्सक्राइब गरेर सरले पढाएको कुरा अध्ययन गर्दा दिमागमा पनि बस्छ। समयसमयमा यसरी बनाएको नोट हेरिरहनुहोस्। नियमित अध्ययन गरिरहनुभयो भने मात्र त्यो सामग्री तपाईंको दिमागमा ताजै बस्छ। आफूले अध्ययन गरेको कुराहरू साथीहरूलाई भन्नुहोस्। यसरी अध्ययन गर्दा जाँचको बेला तपाईंलाई कनै समस्या पर्ने छैन। लेक्चर ट्रान्सक्राइब गरेर अध्ययन गर्नु सबैभन्दा छिटो सिकिने ‘विधि’ हो। पुनर्लेखनले तपाईंलाई याद दिलाउँछ। अध्ययन गरेका सामग्रीहरू छिटो सम्झिन सक्नुहुन्छ।

६) अध्ययन समूह बनाउनुहोस्

कलेजमा मेहनत नै गर्नुपर्छ। अध्ययनका लागि परिश्रम गर्नुपर्छ। कलेजमा आफूसँग मिल्ने केही साथीहरू जम्मा गर्नुहोस्। तर, आफ्नै क्लासका साथीहरू हुनुपर्छ, तिनीहरू। साथीहरूसँग मिलेर एउटा अध्ययन समूह बनाउनुहोस्। त्यसपछि, अध्ययन पनि समूहमै गर्न थाल्नुहोस्। यसरी अध्ययन गर्दा तपाईंलाई नआएको कुरा अर्काे साथीलाई आउन सक्छ। एकलाई नआएको कुरा अर्काेले भन्न सक्छ। यहाँ सबैले एकअर्कालाई सघाउनुपर्छ।

७) अध्ययनपछि समीक्षा गर्नुहोस्

अध्ययन गरिसकेपछि अन्तिममा पढेको कुरालाई सम्झिनुहोस्। समीक्षाका लागि केही समय छुट्याएर अध्ययन गर्नुहोस्। पढेर किताब बन्द गर्ने हैन, केही समय रिभ्यु गर्ने हो। पढेका कुरा सम्झिनका लागि यो उपयुक्त माध्यम हो। अध्ययनमा बानी लगाउन यो उपयुक्त माध्यम बन्न सक्छ। पढेको कुरालाई लेख्नु पनि पर्छ। लेखर पढ्दा सम्झिन सजिलो हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस