२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राकृतिक प्रकोपबाट बच्न बेलैमा सजग बनौँ

२०७५, १७ असार आईतवार ०७:५१

फणीन्द्र फुयाल (ज्वाला) | यस वर्षको बर्षायाम सुरु भइसकेको छ । नेपालमा पश्चिमी बायु (बंगालको खाडी) को प्रभावका कारण मौसममा परिवर्तन हुने गरेको मौसमविदहरुले भन्ने गरेका छन् । हरेक वर्ष नेपालमा भारी वर्षाका कारण लाखौँ धनजनको क्षति हुने गरेको छ । गत वर्ष मात्र भारी वर्षा हुँदा देशको प्रमुख राजधानी काठमाडौं, भक्तपुर, पूर्वि तथा पश्चिम तराईका धेरै मानिसहरुको उठिबास भयोे, घर र झुपडीहरु डुवानमा परे भने हजारौँ बिघामा लगाइएको धान र तरकारी बालि नष्ट भयो । पहाडी जिल्लाका धेरै स्थानमा भूकम्पले पिडित नेपाली पहिरोको चपेटामा परे ।

नेपाल जस्तो बिकासोन्मुख र हिमाल, पहाड अनि तराईको भौगोलिक उपहार प्राप्त देशमा वर्षैनी प्राकृतिक प्रकोपका कारण धेरै क्षति हुने गरेको छ । सुख्खा याममा डँढेलो र आगलागिबाट पिडित हुने नेपालीहरु वर्षौँदेखि यस्ता प्रकृतिक प्रकोपको सिकार हँुदै आएका छन् । देश यतिबेला संघीयता प्रणालीमा गइसकेको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा प्रत्यायोजन भइसकेको यस परिप्रेक्षमा प्राकिृतक प्रकोपको लागि आर्थिक र भौतिक रुपमा सहयोग गर्न सबै गाउँपालिका, नगरपालिका, स्थानीय सरकार, प्रदेश सरकार र समग्रमा केन्द्रीय सरकार तयारी अवस्थामा रहनु पर्दछ । सबै जिल्लाका दैविप्रकोप व्यवस्थापन समिति, रेडक्रस, सामाजिक संघ संस्था र विशेष गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि तम्तयार अवस्थामा बसिरहनु पर्छ । 

दैबिप्रकोपमा परेका नेपालीहरुको समयमै उद्धार र राहत वितरण गर्न सरकारले गाउँ गाउँमा टोलि खटाउन सक्ने गरी बैलेमा व्यवस्था मिलाई रहनु पर्छ । यातायातको पहुँच नपुगेका स्थानमा उद्धार र राहत वितरण गर्न सरकारले पर्याप्त मात्रामा हेलिकोप्टर, पहिरोले सडक अवरुद्ध पुर्याउन सक्ने सम्भावित स्थानमा बेलैमा डोजर र पर्याप्त बजेटको पनि व्यवस्था मिलाइराख्न जरुरी छ । दूर्घटना र दैविप्रकोपले कतिबेला कस्तो रुप धारण गरेर प्रस्तुत हुन्छ त्यसको पूर्णं रुपमा पूर्व जानकारी नहुने भएकाले क्षति कम गर्न भने बेलैमा सचेत भएको खण्डमा ठूलो दूर्घटनाबाट जोगिन सकिन्छ ।

खासगरी नेपालमा कतिबेला कुन समस्या देखा पर्छ ? कति क्षति हुन्छ ? अनि मात्र त्यससम्बन्धि नीति, नियम बनाउने कार्यले गर्दा यो देश प्रयोगशालाको रुपमा धेरै वर्षदेखि चल्दै आयो । राजनीतिक रुपमा जसरी देश लामो समयदेखि तरल अवस्थामा बहदै आयो देशका अन्य निकायहरु पनि त्यसको सिकार बन्दै गए । यतिबेला देशले बल्ल एउटा मूर्त रुप लिन खोज्दै छ । देशमा स्थायी सरकार निर्माण भइसकेको छ । राजनीतिक तरलताको अन्त्य भएको छ । बिगतका कमि कमजोरीहरुबाट पाठ सिक्दै, वैदेशिक सहायता लिँदै सरकार अगाडि बढिरहेको छ । 

सरकारले गरेका हरेक कामको बिरोध गर्ने मात्र होइन देश निर्माणमा हरेक क्षेत्र र बर्गका नागरिकले आफ्नो दायत्वि पनि पुरा गर्दै जाने हो भने आगामि दिनमा आउन सक्ने हरेक प्रकारका प्राकृतिक, राजनीतक, आर्थिक, साँस्कृतीक र मानवनिर्मित समस्याहरुको सहजै समाधान गर्दै देशलाई संविधानमा उल्लेख गरिए जस्तै समाजवाद सम्म पुर्याउन सकिने थियो । यसमा सरकारको मात्र मुख ताकेर नभई हरेक नेपालीले आफ्नो तर्फबाट पनि केही समाजसेवी भावले काम गर्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा