2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सडकमा पैसाः दश स्थानिय तहले ५२ करोड बढी सक्यो

चिसाङ शेर्पा | साउन २३, खोटाङ | खोटाङका दश स्थानिय तहले ५२ करोड वढी बजेट ग्रामिण सडकमा खर्च गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा दुई नगरपालिका आठ गाउँपालिकाले ५२ करोड ७२ लाख ९२ हजार ८ सय ५० रुपैयाँ बजेट सडकमा खर्च गरेको हो ।

विकासका पुर्वाधारमा सडकलाई पहिलो प्राथमिकता दिएर ती पालिकाहरुले सबैभन्दा वढी बजेट ग्रामिण सडकमा खर्च गरेका हुन् । एकवर्षमा ऐंसेलुखर्क गाउँपालिकाले ४ करोड ८० लाख, केपीलासगढी गाउँपालिकाले २ करोड ३० लाख ८७ हजार ५ सय, रावाबेशी गाउँपालिकाले २ करोड ९५ लाख ९४ हजार ८ सय ५०, हलेसी तुवाचुङ नगरपालिकाले ८ करोड ५४ लाख ५० हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ५ करोड ७० लाख बजेट सडकमा खर्च भएको भएको सम्बन्धित नगरपालिका तथा गाउँपालिका प्रमुख÷उपप्रमुखहरुले जानकारी दिएका छन् ।

यस्तै, साकेला गाउँपालिकाले ४ करोड ४० लाख ४८ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ४ करोड ८५ लाख, जन्तेढुंगा गाउँपालिकाले ४ करोड ९८ लाख ५ हजार, खोटेहाङ गाउँपालिकाले ८ करोड १० लाख ९५ हजार र बराहपोखरी गाउँपालिकाले ६ करोड ७ लाख रुपैयाँ सडकमा खर्च भएको छ । 

सडकका लागि रावाबेशीले ३ करोड २५ लाख ६९ हजार ५ सय रुपैयाँ बिनियोजन गरेका थियो । ७ वडा रहेको गाउँपालिकाले २ करोड ९५ लाख ९४ हजार ८ सय ५० रुपैयाँ खर्च भएको र २९ लाख ७४ हजार ७ सय ५० रकम खर्च गर्न नसकिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए । हलेसी तुवाचुङ नगरपालिकाले वर्ष दिनमा ११६.१८ किलोमिटर ग्रामिण सडक निर्माण र ६८.७ किलोमिटर सडक स्तरोन्नती गरेको छ ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको आर्थिक वर्षमा नगरभित्र ९८.५ किलोमिटर कच्ची सडक बिस्तार, २९.६ किलोमिटर सडक चौडा, साढे २४ किलोमिटर सडक स्तरोन्नती र २५ किलोमिटर सडक मर्मत गरी सञ्चालनमा ल्याउने प्रयत्न गरेको थियो । दिप्रङ चुइचुम्मा गाउँपालिकाले भने गाउँपालिकाबाट सदरमुकाम दिक्तेल आवातजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक बिस्तार गरेको छ । उक्त सडक सदरमुकाम दिक्तेलबाट दक्षिणीभेग पुग्नका लागि छोटो दुरीको सडक बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई