२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सडकमा पैसाः दश स्थानिय तहले ५२ करोड बढी सक्यो

२३ श्रावण २०७५, बुधबार १७:१०

चिसाङ शेर्पा | साउन २३, खोटाङ | खोटाङका दश स्थानिय तहले ५२ करोड वढी बजेट ग्रामिण सडकमा खर्च गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा दुई नगरपालिका आठ गाउँपालिकाले ५२ करोड ७२ लाख ९२ हजार ८ सय ५० रुपैयाँ बजेट सडकमा खर्च गरेको हो ।

विकासका पुर्वाधारमा सडकलाई पहिलो प्राथमिकता दिएर ती पालिकाहरुले सबैभन्दा वढी बजेट ग्रामिण सडकमा खर्च गरेका हुन् । एकवर्षमा ऐंसेलुखर्क गाउँपालिकाले ४ करोड ८० लाख, केपीलासगढी गाउँपालिकाले २ करोड ३० लाख ८७ हजार ५ सय, रावाबेशी गाउँपालिकाले २ करोड ९५ लाख ९४ हजार ८ सय ५०, हलेसी तुवाचुङ नगरपालिकाले ८ करोड ५४ लाख ५० हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ५ करोड ७० लाख बजेट सडकमा खर्च भएको भएको सम्बन्धित नगरपालिका तथा गाउँपालिका प्रमुख÷उपप्रमुखहरुले जानकारी दिएका छन् ।

यस्तै, साकेला गाउँपालिकाले ४ करोड ४० लाख ४८ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ४ करोड ८५ लाख, जन्तेढुंगा गाउँपालिकाले ४ करोड ९८ लाख ५ हजार, खोटेहाङ गाउँपालिकाले ८ करोड १० लाख ९५ हजार र बराहपोखरी गाउँपालिकाले ६ करोड ७ लाख रुपैयाँ सडकमा खर्च भएको छ । 

सडकका लागि रावाबेशीले ३ करोड २५ लाख ६९ हजार ५ सय रुपैयाँ बिनियोजन गरेका थियो । ७ वडा रहेको गाउँपालिकाले २ करोड ९५ लाख ९४ हजार ८ सय ५० रुपैयाँ खर्च भएको र २९ लाख ७४ हजार ७ सय ५० रकम खर्च गर्न नसकिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए । हलेसी तुवाचुङ नगरपालिकाले वर्ष दिनमा ११६.१८ किलोमिटर ग्रामिण सडक निर्माण र ६८.७ किलोमिटर सडक स्तरोन्नती गरेको छ ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको आर्थिक वर्षमा नगरभित्र ९८.५ किलोमिटर कच्ची सडक बिस्तार, २९.६ किलोमिटर सडक चौडा, साढे २४ किलोमिटर सडक स्तरोन्नती र २५ किलोमिटर सडक मर्मत गरी सञ्चालनमा ल्याउने प्रयत्न गरेको थियो । दिप्रङ चुइचुम्मा गाउँपालिकाले भने गाउँपालिकाबाट सदरमुकाम दिक्तेल आवातजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक बिस्तार गरेको छ । उक्त सडक सदरमुकाम दिक्तेलबाट दक्षिणीभेग पुग्नका लागि छोटो दुरीको सडक बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ