२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुर जिल्ला: घरेलुको आर्थिक अनियमितता

२०७५, २७ श्रावण आईतवार ०३:००

साउन २७, गाईघाट, उदयपुर (रासस) | उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको घरेलु तथा साना उद्योग विकास समितिबाट त्रियुगा नगरपालिकाभित्र विभिन्न उद्यमीहरूलाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रममा आर्थिक अनियमितता भएको छ । 

घरेलुबाट सञ्चालित गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रममा नगरका विभिन्न वडामा कृतिम उद्यमी खडा गरेर खर्च धेरै देखाउने र कतिपय वडामा वितरण गरिएका सामग्री गुणस्तरहीन भएको स्वयं उद्यमी तथा स्थानीय जनप्रतिनिधि बताउनुहुन्छ । 

आर्थिक वर्ष ०७४÷७५ मा घरेलुअन्तर्गत लघुविकास कार्यक्रम (मेडेप)ले त्रियुगा नगरपालिका वडा नं ३ र ६ मा सञ्चालन गरेको कार्यक्रममा स्थानीय उद्यमीभन्दा धेरै सङ्ख्या देखाएर सम्बन्धित कर्मचारीले आर्थिक अनियमितता गरेको वडा नं ३ का वडाध्यक्ष अपदेश चौधरीले बताउनुभयो । 

चौधरीले भन्नुभयो, “वडामा २० भन्दा बढी उद्यमी देखाएर बजेट धेरै खर्च भएको थाहा पाएँ, तर आफ्नो वडामा पाँच उद्यमीले मात्र सहयोग पाएको र अन्य सबै फर्जी उद्यमीको नाम समावेश भएको छ ।” 

घरेलु (मेडेप)ले उद्यमी बनाएर बजेट तथा आर्थिक सहयोग गरेका ब्यक्ति एक जना पनि वडामा नभएको दाबी वडाध्यक्ष चौधरीको रहेको छ । यस्तै वडा नं ६ मा पनि २० कृतिम उद्यमी भएको र वास्तविक उद्यमी १० मात्र रहेको उद्यमी सीता चौधरीले बताउनुभयो । 

यता उद्यमीलाई जमुनापारीको भारतबाट ल्याएको उन्नत जातको बोका वितरण गर्ने भनेर कतिपय उद्यमीलाई लोकल स्थानीय बोका वितरण गरेको उद्यमीको आरोप छ । यस्तै उद्यमीका लागि वितरण गरिएका दालमोड, भुजिया तथा जुस बनाउने मेशिन तथा उपकरण पनि कृतिम मेशिन भएको उपभोक्ता बताउँछन् । 

घरेलुले कृतिम उद्यमी र कम गुणस्तरको उपकरण वितरण गरेर धेरै बजेट देखाएर आर्थिक अनियमितता गरेको वडाका जनप्रतिनिधिको आरोप छ । यस विषयमा मेडेपका जिल्ला संयोजक ईश्वरी गौतमसँग जानकारी लिँदा आफूले त्यस्तो आर्थिक अनियमितता नगरेको र बिल भर्पाइ सबै सम्बन्धित कार्यालयमा बुझाएको र उक्त बिल जो कसैले हेर्न सक्ने बताउनुभयो । 

यता घरेलुका सूचना अधिकृत तथा लेखापाल दिलीपकुमार श्रेष्ठसँग जानकारी माग्दा आर्थिक अनियमितता नभएको र बरू कतिपय वस्तु बाहिरबाट खरिद गरेर ल्याउँदा बढी आर्थिक खर्च भएको दाबी गर्नुभयो । स्थानीय जनप्रतिनिधि तथा उद्यमीका अनुसार घरेलुले झण्डै सय उद्यमी देखाएको मध्ये ५० प्रतिशत उद्यमी कृतिम भएको र कृतिम उद्यमीको नाममा आर्थिक अनियमितता भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस