२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

च्यातिएको पाईन्ट लगाउँदा किरा फट्याङ्राले टोक्ने हुन कि ?

२०७५, ३ भाद्र आईतवार ०८:३०

  उहिले उहिले कपडा च्यातियो कि थन्काईन्थ्यो ,  वा भुल्ला बनाईन्थ्यो । आजल च्यातियको कपडा अर्थात पाईन्ट छैन भने न युवाले किन्छन न युवतीले नै । शरिरका संवेदनशिल अंगलाई अहिले बिशाल संसार मानिदै आएको छ । त्यही संसार क्षेत्र वरपर नै भ्याँङ्ग परेको पाईन्ट लगाएको देख्न सकि पाईन्छ ।

  यस पंक्तिकारलाई अरु चिन्ता होईन । मात्र के हो भने स्वास्थ्यको ख्याल गरौं भन्ने मात्रै हो । राजेश हमाल जस्ता महानायकहरुले समेत केहि महिना अघि गुल्मी आउँदा च्यातियको पाईन्ट लगाएर आएको देखें मैले  । म त बुढो मान्छे । त्यति वेला महानायकले च्यातिएको पाईन्ट लगाएर आउँदा विचरा एकदम धनी छन भन्थे राजेश हमललाई , आखिर पाईन्ट फेर्न सक्ने अवस्था पनि रहेनछ भनेर दया जाग्यो ।  महानायकलाई मैले तम्घासमा रिसीभ गरेर धुर्कोटको एक कार्यक्रममा लैजाने जिम्मा पाएको थिएँ ।

   कार्यक्रम स्थलमा नजानु अघि मैले सोचेको थिएँ कि उनको अर्को राख्ने ( नफाटेको रामरमितामा लागाउने कपडा ) कपडा होलान , कार्यक्रम स्थलमा प्रवेश गर्नु अघि फेर्लान । सर कपडा फेर्ने होईन भनेर भने उहाँले पर्दैन यहि हो भनेर भने पछि म चकित परें ।


  पछि पो थाह भयो त्यस्तो फाटेको , ठाउँमा धर्सा झुण्डिएको पाईन्ट  त अहिलेको फेशन हो भन्ने कुरा ।  त्यस पछि मलाई सम्झना आयो । म सानै छँदा तिजताकाको कुरा थियो । मेरो दुई  वटा पाईन्ट मध्ये एउटामा जलेर सानो प्वाल परेको थियो । अर्कोमा सानो भ्वाँङ्ग परेको थियो । म वाउँ आमा संग रोएर पाईन्ट किन्न कर गरें ।

  हे छोरा दिदी वहिनीको चाड पर्व हो तँलाई दशैमा किनी दिउँला भनेर भने , टेडेनन । मेरो पालो न म तिजको डाँडामा गएँ न त मैले कसी नभोको त्यो दर नै खाएँ ।  उति वेला अहिलेको जस्तो फाटेका पाईन्ट लगाउने फेशन भई दिएको भए म कति हिरो बन्थें होला जस्तो अहिले लाग्छ । 

  मलाई त अहिले पनि फाटेका पाईन्ट लगाउन मन लाग्दैन । यसो सोच्छु अहिले जो जसले त्यस्ता पाईन्टहरु लगाउनु हुन्छ उहाँहरुले पसलमा गएर त्यस्ता पाईन्टमा पैसा खर्च गर्नु भन्दा म संग झण्डै एक दर्जन त्यस्तै प्वाल परेका पाईन्टहरु छन  । यदि चाहनु हुन्छ भने मैले ती पाईन्टहरु निशुल्क दिने थिएँ ।  त्यति मात्र होईन । मै जावो संग त दर्जन बढी प्याल परेका पाईन्टहरु छन भने देशैभर संकलन अभियान राख्यौं भने धेरैको त्यस्ता फाटेका पाईन्टहरुमा  पैसा बच्ने देखिन्छ ।

    तर प्याल परेका पाईन्ट लगाउँदा कहिले काँही दुर्घटना निम्तिने हो कि भन्ने पनि हो सोझो र पाको दिमागमा गढेको छ । केहि दिन अघि एउटी स्कुटी चढेकी र फाटेको पाईन्ट लगाएकी वहिनीको पछाडी बसेर म  यात्रा गर्दै थिएँ । उनको साप्रा निरै प्याल परेको पाईन्ट खै कुन चाँही किरा फट्याँङग्राले टोकेछ । चिलायो होला । उनले  स्कुटी चलाउँदा चलाउँदै त्यहाँ कनाउन् थालिन । अझ वान पिस परिहनमा हिड्नेहरुलाई कति टोक्दो हो कठैवरा भन्न मन लाग्छ  ।

  फेरी किरा फट्याङग्राले टोकेको स्थानमा कम्ता चिलाउँ छ ? सवैलाई थाह भएकै कुरा हो । हुन त कनाउँनुको आनन्दै फरक । कनाउँदा  दुखाई कम तर कनाई रहुँ जस्तो मिठास त हुने भएर पनि होला  मनपरी टाकी रहोस् र यसरी नै  कनाई रहँ जस्तो लागेर होला  शरिरका केहि भागहरु खुल्ला राखेको । तर बढि टोकाईमा  परे ठुलै  घाउ लाग्न पनि सक्छ ।

 अर्को कुरा त्यस्तो वेलामा एउटा हातले मात्रै स्कुटी नियन्त्रणमा राख्न नसकेर ढलीन्छ कि जस्तो लाग्यो मलाई ।  यो किरा फट्याङग्राको जात पनि जहाँ जहाँ नाङ्गो शरिर त्यही त्यही टोक्न आतुर हुन्छ । खाली शरिर देख्यो कि टोकी हाल्न पर्ने खै कस्तो जात रहेछ कुन्नी यी किरा फट्याङग्राहरुको पनि । कलिला ति साँप्राहरुमा टोकेर निला डाम पार्ने हो कि भन्ने पिर पनि लाग्छ मलाई ।

    हुन त हरेक मान्छेको शरिर सुरक्षित र स्वास्थ्य राख्ने जिम्मा व्यक्ति स्वयम कै हो । तर पनि सजग गराउने दायित्व एक देखि अर्को मानिसको पनि हो भन्ने लागेर दुई चार वटा अक्षर लेख्दै छु ।  म के निवेदन गर्छु भने त्यस्तो फाँटेको पाईन्ट लगाएको बेला बन झाडीमा नजानु होला । साना छेपारा देखि  ठुला शर्पले डस्ने डर हुन्छ ।

    शर्पको जात पनि किरा फट्याङग्रा जस्तै हो ।  खाली शरिर  देख्यो भने  डसी हाल्छन । मैसाम– वातवरण परिवर्तन भएर हो कि हाम्रा पालामा जस्तो छैन । आजकल किरा फट्याङग्रा र शर्पहरु जहाँ त्यही बढि सल्वलाउन थालेका छन । ख्याल गर्नु होला ल्वात्त लागेर न टोक्ने ठाउँमा टोकि हाल्लान् । शरिर छ र पो सवै छ ।

  सानोमा आमाले तेल लगाएर हुर्काएको शरिर हो । शर्प र किरा फट्याङग्राले टोक्छ कि भनेर कपडाले छोप्थे ।  जसरी जन्मने बेलामा कपडाले छोप्थे मर्ने बेलामा समेत हाम्रो शरिर कपडाले नै छोपेर अन्त्यष्टि गरिन्छ ।  ब्यवसायीहरुले भोली पाईन्टको अर्कै थलोमा प्याल पार्ने फेशन बनाउँलान । एका दुई जना मोडल वहिनीहरुले लगाउँलान र  त्यस्ता पाईन्ट सवैलाई लगाउँ जस्तो लाग्ला तर तिग्रा छोप्ने , त्यस्तो अंग देखाउने फेशन चल्न थाल्यो भने अरु जे गरे गरुँन तर म जस्तो सोझो मान्छे त्यस्तो देख्नुको साटो घर बाहिर पटक्कै निस्कने छैन ।

अझ यो वर्षायामा असाध्धै जुका लाग्छन । त्यस्ता प्वालबाट जुका लुत्त छिरेर रक्ताम्मे पार्ने हो कि  भन्ने चिन्ता हामी बुढापाकाहरुलाई लाग्छ । जुकाको जात पनि गत्तिलो हुन्न । हाम्रा पालका आमा, दिदी वहिनीहरुले तलै सम्म गुन्यु त्यस बाक्लो पटुकीले सुरक्षित गर्दा त माथी सम्म जुकाले टोकेर रातै पा¥यो भन्नु हुन्थ्यो । 


   हुन त म जावो ननिस्केर के खाँचो तपाईलाई ? निस्कीनेहरु लाखौं होलान । तै पनि गलत नजर , आक्रमक त्यस्ता किरा फट्याङग्राहरुको टोकाईबाट विशेषतः धेरै महिलाहरु पिडित भएको खवर आई रहँदा न्युनिकरण हुन्थ्यो कि भनेर मेरो यो ब्याङ्ग बिचार पस्केको हुँ । हुन त स्वास्थ्यमा ख्याल गर्ने डाक्टर र नर्शहरुले समेत त्यस्तै प्वाल परेका पाईन्टहरु लगाउँ छन भने म बढि  बाठो हुन किन परे होला ? बाँकी कुरा फेशन र रुचीमा तपाई कै  जो मर्जी…………

                                                                       प्रेम सुनार

                                                                      भदौं–३, २०७५ ।

(सुनारले पत्रकारिता संगै सामाजिक विकृति बिसंगति विरुद्ध पनि कलम चलाउँदै आएका छन) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी