उहिले उहिले कपडा च्यातियो कि थन्काईन्थ्यो , वा भुल्ला बनाईन्थ्यो । आजल च्यातियको कपडा अर्थात पाईन्ट छैन भने न युवाले किन्छन न युवतीले नै । शरिरका संवेदनशिल अंगलाई अहिले बिशाल संसार मानिदै आएको छ । त्यही संसार क्षेत्र वरपर नै भ्याँङ्ग परेको पाईन्ट लगाएको देख्न सकि पाईन्छ ।
यस पंक्तिकारलाई अरु चिन्ता होईन । मात्र के हो भने स्वास्थ्यको ख्याल गरौं भन्ने मात्रै हो । राजेश हमाल जस्ता महानायकहरुले समेत केहि महिना अघि गुल्मी आउँदा च्यातियको पाईन्ट लगाएर आएको देखें मैले । म त बुढो मान्छे । त्यति वेला महानायकले च्यातिएको पाईन्ट लगाएर आउँदा विचरा एकदम धनी छन भन्थे राजेश हमललाई , आखिर पाईन्ट फेर्न सक्ने अवस्था पनि रहेनछ भनेर दया जाग्यो । महानायकलाई मैले तम्घासमा रिसीभ गरेर धुर्कोटको एक कार्यक्रममा लैजाने जिम्मा पाएको थिएँ ।
कार्यक्रम स्थलमा नजानु अघि मैले सोचेको थिएँ कि उनको अर्को राख्ने ( नफाटेको रामरमितामा लागाउने कपडा ) कपडा होलान , कार्यक्रम स्थलमा प्रवेश गर्नु अघि फेर्लान । सर कपडा फेर्ने होईन भनेर भने उहाँले पर्दैन यहि हो भनेर भने पछि म चकित परें ।
पछि पो थाह भयो त्यस्तो फाटेको , ठाउँमा धर्सा झुण्डिएको पाईन्ट त अहिलेको फेशन हो भन्ने कुरा । त्यस पछि मलाई सम्झना आयो । म सानै छँदा तिजताकाको कुरा थियो । मेरो दुई वटा पाईन्ट मध्ये एउटामा जलेर सानो प्वाल परेको थियो । अर्कोमा सानो भ्वाँङ्ग परेको थियो । म वाउँ आमा संग रोएर पाईन्ट किन्न कर गरें ।
हे छोरा दिदी वहिनीको चाड पर्व हो तँलाई दशैमा किनी दिउँला भनेर भने , टेडेनन । मेरो पालो न म तिजको डाँडामा गएँ न त मैले कसी नभोको त्यो दर नै खाएँ । उति वेला अहिलेको जस्तो फाटेका पाईन्ट लगाउने फेशन भई दिएको भए म कति हिरो बन्थें होला जस्तो अहिले लाग्छ ।
मलाई त अहिले पनि फाटेका पाईन्ट लगाउन मन लाग्दैन । यसो सोच्छु अहिले जो जसले त्यस्ता पाईन्टहरु लगाउनु हुन्छ उहाँहरुले पसलमा गएर त्यस्ता पाईन्टमा पैसा खर्च गर्नु भन्दा म संग झण्डै एक दर्जन त्यस्तै प्वाल परेका पाईन्टहरु छन । यदि चाहनु हुन्छ भने मैले ती पाईन्टहरु निशुल्क दिने थिएँ । त्यति मात्र होईन । मै जावो संग त दर्जन बढी प्याल परेका पाईन्टहरु छन भने देशैभर संकलन अभियान राख्यौं भने धेरैको त्यस्ता फाटेका पाईन्टहरुमा पैसा बच्ने देखिन्छ ।
तर प्याल परेका पाईन्ट लगाउँदा कहिले काँही दुर्घटना निम्तिने हो कि भन्ने पनि हो सोझो र पाको दिमागमा गढेको छ । केहि दिन अघि एउटी स्कुटी चढेकी र फाटेको पाईन्ट लगाएकी वहिनीको पछाडी बसेर म यात्रा गर्दै थिएँ । उनको साप्रा निरै प्याल परेको पाईन्ट खै कुन चाँही किरा फट्याँङग्राले टोकेछ । चिलायो होला । उनले स्कुटी चलाउँदा चलाउँदै त्यहाँ कनाउन् थालिन । अझ वान पिस परिहनमा हिड्नेहरुलाई कति टोक्दो हो कठैवरा भन्न मन लाग्छ ।
फेरी किरा फट्याङग्राले टोकेको स्थानमा कम्ता चिलाउँ छ ? सवैलाई थाह भएकै कुरा हो । हुन त कनाउँनुको आनन्दै फरक । कनाउँदा दुखाई कम तर कनाई रहुँ जस्तो मिठास त हुने भएर पनि होला मनपरी टाकी रहोस् र यसरी नै कनाई रहँ जस्तो लागेर होला शरिरका केहि भागहरु खुल्ला राखेको । तर बढि टोकाईमा परे ठुलै घाउ लाग्न पनि सक्छ ।
अर्को कुरा त्यस्तो वेलामा एउटा हातले मात्रै स्कुटी नियन्त्रणमा राख्न नसकेर ढलीन्छ कि जस्तो लाग्यो मलाई । यो किरा फट्याङग्राको जात पनि जहाँ जहाँ नाङ्गो शरिर त्यही त्यही टोक्न आतुर हुन्छ । खाली शरिर देख्यो कि टोकी हाल्न पर्ने खै कस्तो जात रहेछ कुन्नी यी किरा फट्याङग्राहरुको पनि । कलिला ति साँप्राहरुमा टोकेर निला डाम पार्ने हो कि भन्ने पिर पनि लाग्छ मलाई ।
हुन त हरेक मान्छेको शरिर सुरक्षित र स्वास्थ्य राख्ने जिम्मा व्यक्ति स्वयम कै हो । तर पनि सजग गराउने दायित्व एक देखि अर्को मानिसको पनि हो भन्ने लागेर दुई चार वटा अक्षर लेख्दै छु । म के निवेदन गर्छु भने त्यस्तो फाँटेको पाईन्ट लगाएको बेला बन झाडीमा नजानु होला । साना छेपारा देखि ठुला शर्पले डस्ने डर हुन्छ ।
शर्पको जात पनि किरा फट्याङग्रा जस्तै हो । खाली शरिर देख्यो भने डसी हाल्छन । मैसाम– वातवरण परिवर्तन भएर हो कि हाम्रा पालामा जस्तो छैन । आजकल किरा फट्याङग्रा र शर्पहरु जहाँ त्यही बढि सल्वलाउन थालेका छन । ख्याल गर्नु होला ल्वात्त लागेर न टोक्ने ठाउँमा टोकि हाल्लान् । शरिर छ र पो सवै छ ।
सानोमा आमाले तेल लगाएर हुर्काएको शरिर हो । शर्प र किरा फट्याङग्राले टोक्छ कि भनेर कपडाले छोप्थे । जसरी जन्मने बेलामा कपडाले छोप्थे मर्ने बेलामा समेत हाम्रो शरिर कपडाले नै छोपेर अन्त्यष्टि गरिन्छ । ब्यवसायीहरुले भोली पाईन्टको अर्कै थलोमा प्याल पार्ने फेशन बनाउँलान । एका दुई जना मोडल वहिनीहरुले लगाउँलान र त्यस्ता पाईन्ट सवैलाई लगाउँ जस्तो लाग्ला तर तिग्रा छोप्ने , त्यस्तो अंग देखाउने फेशन चल्न थाल्यो भने अरु जे गरे गरुँन तर म जस्तो सोझो मान्छे त्यस्तो देख्नुको साटो घर बाहिर पटक्कै निस्कने छैन ।
अझ यो वर्षायामा असाध्धै जुका लाग्छन । त्यस्ता प्वालबाट जुका लुत्त छिरेर रक्ताम्मे पार्ने हो कि भन्ने चिन्ता हामी बुढापाकाहरुलाई लाग्छ । जुकाको जात पनि गत्तिलो हुन्न । हाम्रा पालका आमा, दिदी वहिनीहरुले तलै सम्म गुन्यु त्यस बाक्लो पटुकीले सुरक्षित गर्दा त माथी सम्म जुकाले टोकेर रातै पा¥यो भन्नु हुन्थ्यो ।
हुन त म जावो ननिस्केर के खाँचो तपाईलाई ? निस्कीनेहरु लाखौं होलान । तै पनि गलत नजर , आक्रमक त्यस्ता किरा फट्याङग्राहरुको टोकाईबाट विशेषतः धेरै महिलाहरु पिडित भएको खवर आई रहँदा न्युनिकरण हुन्थ्यो कि भनेर मेरो यो ब्याङ्ग बिचार पस्केको हुँ । हुन त स्वास्थ्यमा ख्याल गर्ने डाक्टर र नर्शहरुले समेत त्यस्तै प्वाल परेका पाईन्टहरु लगाउँ छन भने म बढि बाठो हुन किन परे होला ? बाँकी कुरा फेशन र रुचीमा तपाई कै जो मर्जी…………
प्रेम सुनार
भदौं–३, २०७५ ।
(सुनारले पत्रकारिता संगै सामाजिक विकृति बिसंगति विरुद्ध पनि कलम चलाउँदै आएका छन)