2026-09-18 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शैक्षिक क्यालेण्डरको कमाल: पाँच विद्यालयको शिक्षामा क्रमिक सुधार

चिसाङ शेर्पा | भदौ ८, खोटाङ | वडा शिक्षा समिति लफ्याङले विद्धालयमा शैक्षिक क्यालेण्डर लागू गरेसँगैे शिक्षामा क्रमिक सुधार हुंदै आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडामध्ये लफ्याङमा रहेका पाँच विद्धालयमा यस शैक्षिक सत्रबाट शिक्षा क्षेत्रमा ठूलो सुधार आएको हो ।

वडामा रहेको एकवटा माध्यमिक विद्धालय, एक आधारभूत विद्धालय र तीन प्राथमिक विद्धालयमा यस शैक्षिकसत्रमा शैक्षिक क्यालेण्डर बितरण गरेर क्यालेण्डरको वर्षदिने कार्य तालिका अनुसार लफ्याङका विद्धालयहरु सञ्चालन भईरहेको छ । ति विद्धालयहरुमा एकैसाथ बर्खे बिदा, हिउँदे बिदा, परिक्षा तालिका, नतिजा प्रकाशन, उत्तर पुस्तिका फाइलिङ गरी अभिभावकलाई हस्तान्तरण, अभिभावक/शिक्षक अन्तरक्रियाजस्ता कार्यक्रम एकसाथ हुंदै आएको छ । 

वडा शिक्षा समिति लफ्याङले हालसम्म शैक्षिक क्यालेण्डरमा प्रकाशित भएका पाठ्यपुस्तक वितरण, वडास्तरीय शैक्षिक कार्यपात्रो विमोचन, कक्षाकोठा सजावट, नेपाली÷अंग्रेजी हस्तलेखन, स्टाफ मिटिङ, दैनिकी लेखन, प्रतिबेदन लेखन शिक्षण, समाचार लेखन शिक्षण, फूलबारी निर्माण, प्रावि स्तरीय कक्षागत गीत गायन प्रतियोगिता, बेलुन फुटाउने, हिसाब दौड, रिले दौड, चक्लेट दौड, पहिलो त्रैमासिक परिक्षा, वृक्षारोपण, फलफुलको विरुवा रोपन, बर्खे बिदा, पहिलो त्रैमासिक परिक्षाको प्रश्नपत्रमाथि छलफल, नतिजा प्रकाशन, उत्तर पुस्तिका अभिभावकलाई हस्तान्तरण, अभिभावकसँग अन्तरक्रिया, भूसंरक्षण सम्बन्धि गोष्टी, विधार्थीको घरघरमा करेसाबारी निर्माणको काम सम्पन्न गरेको छ ।

वडा शिक्षा समितिको सक्रियतामै शिक्षक हाजिर मात्रै गर्ने विद्धालय नजाने समस्या पनि हल भएको जनाइएको छ । वडा शिक्षा समितिले नै उक्त विधालयहरुमा शैक्षिक, भौतिक, प्रशासनिक सुधारका लागि एक÷एकवटा आगन्तुक टिपोट पुस्तिका राखेको छ । टिपोट पुस्तिकामा टिपोट भएका बिषय बिद्धालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको बैठकको पहिलो विषय हुने वडा शिक्षा समिति संयोजक तथा लफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिए । 

यसैविच,साझासबालले लफ्याङका पाँच विद्धालयका प्रधानाध्यापकलाई शैक्षिक क्यालेण्डर लागू भएपछि कस्तो परिवर्तन पाउनुभयो भनेर प्रश्न गरेको थियो । 

जसराज किराती, प्रधानाध्यापक श्रीमावि वासबोटे

वडा शिक्षा समितिले शैक्षिक क्यालेण्डर लागू गरेपछि वडामा रहेको पाँच विद्धालयमा केही न केही  शैक्षिक रुपमा परिवर्तन भएको छ । हिजो जस्तो थियो आज एकरुपता बनाएका छौ । एकैपटक बिद्धालय खोल्ने, एकैपटक विदा गर्ने, एउटै समयमा परिक्षा गर्नाले पनि हामी सबैलाई एक अर्को विद्धालयप्रती भातृत्व, भाईचाराको ब्यवहार भएको छ । जे चाहेका थियौ । केही न केही परिवर्तनको महशुष गरीरहेका छौ । 

कविराज फूयल, प्रधानाध्यापक सालपीदेबी प्रावि

जब नयाँ शैक्षिक सत्रबाट शैक्षिक क्यालेण्डर लागू भएको छ । यसमा चाँहि शैक्षिक क्यालेण्डर अनुसार फलोअप गर्दै जाँदा विधार्थीहरुले आत्मनिर्भर हुने किसिमको र आफूले चाँहि गरेर खाने किसिमको उत्पादन गर्नका लागि हामीले जोड गरीरहेका छौ । र, त्यो किसिमको विधार्थीहरु उत्पादन हुने अपेक्षा गरेका छौ । बिशेषगरी प्राविधिक र व्यवसायिकधारमा विद्धालयहरु जाने छन् भन्ने अपेक्षा गरेका छौ ।  

जुरण कुमारी राई, प्रधानाध्यापक वालविकास प्रावि वरडाँडा

शैक्षिक क्यालेण्डर अनुसार हामीले शैक्षिक क्यालेण्डरमा भएको क्रियाकलापहरु गराइरहेका छौ । यसबाट विधार्थी÷शिक्षक सवैलाई एकदम सरल, सहज भएको छ । यसबाट शैक्षिक उपलब्धि धेरै राम्रो हुनेछ भन्ने आशा छ ।

मदन कुमार राई प्रधानाध्यापक जनचेतना प्रावि  

शैक्षिक क्यालेण्डर पाएपछि केही परिवर्तन महशुष गरेका छौ । किनभने, विद्धालय सञ्चालनमा एकरुपता, अतिरिक्त क्रियाकलाप अन्तरगत परिमार्जित कार्यक्रमहरु आईरहेको छ । त्यसमा सबै विद्धालयहरु सहमतीसँग उत्साहपुर्वक ढंगले हामी संयुक्तरुपमा अतिरिक्त क्रियाकलाप गरीरहेका छौ । शिक्षकहरुमा शिक्षण विधि पनि नयाँ परिवर्तन आएको छ । र, विधार्थीहरुमा पनि जागरुकता आएको छ । 

इमान कुमारी राई प्रधानाध्यापक शारदा प्रावि धोरुङ

शैक्षिक क्यालेण्डर लागू भएपछि जस्तै परिक्षा गराउनमा एकरुपता, अतिरिक्त क्रियाकलाप गर्ने बानी र विभिन्न क्रियाकलापप्रती विधार्थीको मोह बढ्दै गएको छ ।

वडा शिक्षा समिति लफ्याङको यस्ता छन् बाँकी शैक्षिक योजना

असोज ११ गते आन्तरिक शैक्षिक भ्रमण, असोज १८ गते वडामा उपलव्ध जडिबुटी संकलन र प्रवद्र्धन, मंसिर ६ गते सञ्चारका विषयमा शिक्षण, मंसिर २२ गते कृषि उपज बिक्री कार्यक्रम, पुस ४ गतेदेखि १३ गतेसम्म दोश्रो त्रैमासिक परिक्षा, माघ ११ गते चित्रकला र अन्तर बिद्धालय हस्तलेखन, फागुन १७ गते ज्येष्ठ नागरिकबाट ज्ञान, सीप र अनुभव आदान प्रदान ।

यस्तै, वर्षको अन्तिम चैत्र २९ गते वडास्तरिय नृत्य प्रदर्शनी, उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय पुरस्कृत, शिक्षा पत्रकारिता पुरस्कार वितरण ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई