2026-10-26 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नवौं लिगलिगे दौडको तयारी तीव्र, असोज २८ मा राजा छानिने

मनोज पराजुली, असोज ३,गोरखा । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यस वर्ष असोज २८ गते हुने भएको छ। गोरखाको इतिहास जगेर्ना गर्न बि स. २०६७ सालदेखि हरेक वर्ष बिजयादशमीको अवसर पारेर लिगलिगकोट विकास अभियान दौड प्रतियोगिता गर्दै आएको छ।

दौड प्रतियोगितामा सहभागीहरुले चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरेर १३.८ किलोमिटर दूरी दौडेर लिगलिग कोटसम्म पुग्नुपर्नेछ । दौडमा जो पहिले लिगलिगकोटसम्म पुग्छ उसलाई नै लिगलिगे राजा घोषणा गरिंदै आएको छ। नवौं लिगलिगे दौड प्रतियोगिता संचालनको लागि आवश्यक तयारी तीव्र पारिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

राजालाई श्रीपेचको साथमा साठी हजार एक सय रुपैयाँ

दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचको साथमा साठी हजार एक सय रुपैयाँ पगरी,मेडल र ट्रफी प्रदान गरिने रानाले जानकारी दिए। प्रतियोगितामा दोस्रो हुनेलाई नगद ३५ हजार एक सय, तेस्रो हुनेलाई २५ हजार एक सयका साथ मेडल,ट्रफी र प्रमाणपत्र दिइनेछ। चौथोलाई १२ हजार एक सय, पाचौं हुनेलाई ७ हजार एक सय, छैटौंलाई ५ हजार एक सय, सातौँ हुनेलाई ४ हजार एक सय, र आठौंलाई ३ हजार एक सय र नवौं २ हजार १ सय रुपैयाँ नगद पुरस्कारको साथमा मेडल, प्रमाण पत्र दिएर पुरष्कृत गरिने  आयोजक समितिका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

महिलाहरुको लागि वडडांडादेखि लिगलिगकोटसम्म ५ किलोमिटर खुला दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेले २० हजार, दोश्रो हुनेले १२ हजार ५, तेश्रो हुनेले ७ हजार ५ रुपैयाँ नगद पुरस्कारको साथमा मेडल, प्रमाण पत्र र ट्रफी पाउँनेछ।

लिगलिग बासीहरुको लागि चेपेघाटबाट नै शुरु हुनेगरी प्रतियोगिता राखिएको छ । जसमा प्रथम हुनेलाई २० हजार ५, दोश्रो हुनेलाई १२ हजार ५, तेश्रो हुनेलाई ७ हजार ५ र  चौथोलाई ३ हजार ५ नगद सहित प्रमाणपत्र मेडल प्रदान गरिने रानाले जानकारी दिए । त्यस्तैगरि यस पटकदेखि आयोजकले बोहोरागाउँ देखि लिगलिगकोटसम्म १५ देखि १८ वर्षसम्मका छात्रा छात्राहरुको लागि पनि दौड प्रतियोगिता राखेको छ । सो दौडमा प्रथम हुनेलाई ५ हजार १ सय, दोश्रो हुनेलाई ३ हजार १ सय र तेश्रो हुनेलाई २ हजार १ सय नगदका साथ प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने रानाले जानकारी दिए । 

दौडमा सहभागी हुनको लागि बिदेशीले पाँच हजार, नेपाली नागरिकले एक हजार, लिगलिगबासी तथा महिलाको लागि पाँच सय रुपैयाँ र छात्र छात्रा (स्थानीय)ले निशुल्क नाम दर्ता गराउन सकिनेछ । नाम दर्ताको लागि अशोज १० गतेदेखि २५ गतेसम्मको लागि तोकिएको छ। दौड प्रतियोगिता अशोज २८ गते विहान ८ बजे चेपेघाटबाट शुरु हुनेछ । 

लिगलिगकोट र आसपासको क्षेत्रको संरक्षण र प्रर्वद्धनका लागि लोपहुने अवस्थामा पुगेको लिगलिगे दौड पुन सुरु गरिएको बिकास अभियानका अध्यक्ष रानाले बताए। दौडका लागि आवश्यक पर्ने खर्चको लागि पर्यटन बोर्ड, पालुङ्टार नगरपालिका र अन्य खर्च बिभिन्न संघ संस्था, सहयोगीबाट संकलन गरिने अध्यक्ष रानाले जानकारी दिए ।

लिगलिगकोट चिनारी 

लिगलिगकोट गोरखा जिल्लाको साविकको आँपपिपल गाविस वडा नम्बर ४ हालको पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीमा पर्दछ । ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो। लिगलिगकोट समुन्द्री सतहबाट करिब १,४३७ मिटर अर्थात ४,७९० फिट उचाईमा अवस्थित छ । गोरखा जिल्लाका ३९ वटाकोटहरुमध्ये लिगलिगकोट एक हो ।  लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो । यहाँ आजभन्दा ४६० वर्ष पहिले बि.स.१६१५ सम्म दौड जित्ने मानिस एक बर्षको लागि राजा बन्ने परम्पराको रहेको थियो । बि सं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि दौड प्रतियोगिता हुन छाडेको थियो । शाह वंशको अन्त्य पश्च्यात ४ सय ५२ वर्ष पछि २०६७ सालदेखि पुन: दौड प्रतियोगिता संचालन गर्न थालिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने