
काठमाडौँ | सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले १०० रन पूरा गरेको छ। कीर्तिपुरमा जारी खेलमा १३.५ ओभरको समाप्तिमा लुम्बिनीले ३ विकेटको क्षतिमा १०५ रन बनाएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीका लागि कप्तान रोहित पौडेल र दिलीप नाथले इनिङ्स सम्हालिरहेका छन्। आक्रामक ब्याटिङ गरिरहेका दिलीप नाथले १५ बलमा ३ छक्काको मद्दतले अविजित २५ रन बनाएका छन् भने कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित २८ रन बनाएर क्रिजमा टिकिरहेका छन्।
यसअघि आक्रामक सुरुवात दिलाएका निरोशन डिकवेला १७ बलमा १ चौका र २ छक्कासहित २८ रन बनाएर थरिन्दु रत्नायकेको बलमा बोल्ड आउट भए। ओपनर डार्सी सर्ट २१ रन र आशिफ शेख १ रन बनाएर आउट भएका थिए। सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुगेलेइन, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारेका छन्।