2026-09-08 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अर्गानीक खेती गर्ने कृषकलाई पुरस्कृत गर्छौं: मन्त्री केशी

मिना खड्का | असोज १४, सल्यान । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले किसानले गर्वका साथ किसान हुँ भन्न सक्नुपर्ने बताएकी छन् । उनले कृषि पेशालाई अपहेलित गरेको भन्दै यसलाई सम्मानित पेसा बनाउनु पर्ने बताएकी हुन् ।

सल्यानमा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको उद्घाटन गर्दै मन्त्री केशीले कर्णाली प्रदेशमा उत्कृष्ट किसानहरु छानेर सम्मान स्वरुप पुरुस्कार दिने उनले बताइन् । किसानलाई सरकारले दिने अनुदान रकम संबन्धित किसानले नपाएर किसानको नाटक गर्नेहरुले मात्रै पाएको भन्दै उनले यसतर्फ कर्मचारीलाई सचेत हुन निर्देशन दिइन् । अबको रोजगार किसान बाहेक अरु रोजगार दिन नसकिने भन्दै उनले कृषि वस्तु बजारीकरणको लागी कर्णाली प्रदेशले थुप्रै रकम छुट्याएको र त्यसलाई कार्यान्वयन गर्ने बताइन् । 

उद्घाटन कार्यक्रममा पुगेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशकै सबैभन्दा धेरै कृषि संभावनाको जिल्ला सल्यान भएको बताए । उनले गाउँमा अहिले धेरैजसो कृषिको माग आएको बताए । किसानको लागी उचित व्यवस्था र पहलकदमी कर्णाली प्रदेशले गर्ने उनको भनाई छ । किसानका लागी प्रदेश सरकारले धेरै योजना ल्याएको भन्दै कृषितर्फ आकर्षित हुन उनले आग्रह गरे । 

कार्यक्रममा बोल्दै दैलेख जिल्लाबाट निर्वाचित प्रदेश सांसद अम्मरबहादुर थापाले युवाहरु विदेशमा ट्वाइलेट सफा गर्न तयार हुने तर नेपालमा कृषि पेसा गर्न लजाउने गरेको बताए । अब बाँझो जग्गा कसैलाई नराख्न आग्रह गरे थापाले किसानले उत्पादन गरेको वस्तुको बजारीकरणको लागी कर्णाली प्रदेशले योजना बनाएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल