२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

नमुना बिद्यालयमा समुदायको आकर्षण बढ्दै

२०७५, १८ मंसिर मंगलवार ०५:१२

कमल घिमिरे।मंसिर १८।पाँचथर,  सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर खच्किदै गएको बेला पाँचथरको कुम्मायक गाउँपालिका– ५ कागेश्वरी आधारभुत बिद्यालयमा समुदायको आर्कषण बढ्दै गएको छ ।

  अभिभावकले चन्दा संकलन गरी अंग्रेजी माध्यम सञ्चालन गरेसँगै समुदायको आकर्षण बढेको हो । वि.सं.२०५३ सालमा स्थापना भएको सो बिद्यालयको सैक्षिक गुणस्तर कमजोर भएको भन्दै अभिभावकले सक्रियता देखाएका थिए । उनिहरुको सक्रियता र शिक्षकको मेहेनतका कारण अहिले बिद्यालय नमुना बनेको हो । अन्य बिद्यालयका शिक्षक र अभिभावकहरु सल्लाह र सुझाव लिन आउँने गरेको शिक्षक नवराज सुवेदीले सुनाए । मोरङ जिल्लाबाट पहिलो पटक बिद्यालयमा आएका उनै नवराज अहिले जनप्रतिनिधि र अभिभावको प्रिय भएका छन । बिद्यार्थीे केन्द्रित शिक्षणसिकाई बिधिबाट शिक्षण सिकाई क्रृयाकलाप गर्दै आएका उनि सामाजका असल शिक्षकमा गनिएका छन । आफुले पठन–पाठन गराएका बालबालिकाहरुको शैक्षिक क्षमताको बिकास भएर गएको नवराजले बताए ।समुदाय र बिद्यालयले चाहेमा मात्र सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार हुने सुबेदीको भनाइ छ ।

बिद्यालयलाई नमुना बिद्यालय बनाउँन अभिभावकले ७ लाख रुपयाँ चन्दा संकलन गरी अंग्रेजी माध्यम सञ्चालन गरेका थिए । उनिहरुले अंग्रेजी पढाउँने शिक्षकलाई मासिक १८ हजार रुपैयाँ तलव दिएका छन भने खाने बस्ने ब्यवस्था समेत अभिभावकले नै गर्दै आएका छन् । बिद्यालयमा प्री नर्सरी, नर्सरी र एल.के.जी.मा कक्षा संचालन हुदै आएको बिद्यालयका प्र.अ. प्रेमचन्द्र आचार्यले बताए । अहिले निजि बिद्यालयमा पढ्दै आएका बालबालिकाहरु पनि सामुदायिक बिद्यालयमा आउँन थालेको प्र.अ. आचार्यको भनाइ छ । पहिला बिद्यार्थीको संख्या ५० थियो । अहिले बढेर ७६ पुगेको छ । यो अभिभावक र हाम्रा शिक्षको मेहेनत हो, उनले भने । माझी र भुजेल समुदायको बसोबास रहेको उक्त क्षेत्रमा बाख्रा, कुखुरा बेचेर छोराछोरीलाई पढाउँदै आएका छन् । कुम्मायक गाउँपालिकाले गाउँपालिकाकै उकृष्ठ बिद्यालय भएको भन्दै सोही बिद्यालयलाइ ५० हजार नगद सहित पुरस्कृत गरेको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । ‘गाउँपालिकामा सोही  बिद्यालयको अध्ययन गरेर अन्य माबि र निमावी तहमा पनि अंग्रेजी माध्यम लागु गरेको चेम्जोङले बताए ।   

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा