२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बगर होस् या घरको छत ! माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु

१४ पुष २०७५, शनिबार ०२:३४

पुष १४, बुटवल । खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस् । माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको छत । जहाँ पनि यो तरिकाबाट प्रशस्त खेती गर्न सकिन्छ ।

रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन् । उनले विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका छन् । आफूले गरिरहेको कामबारे उनले बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा जानकारी दिइरहेका छन् । यो प्रविधिलाई उनले प्रदर्शनमा राखेका छन् । माटोबिनै तरकारी फलाउने तरिकाबारे जानकारी दिन उनलाई भ्याइनभ्याई छ ।

पौडेल वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । त्यहाँ उनले १० वर्ष बिताए । होटल म्यानेजमेन्ट पढेका उनले पाँच तारे होटलमा काम गरेका थिए । त्यहीं उनले माटोविहीन तरकारी खेती देखे ।

नेपाल फर्केपछि त्यही तरिकाले खेती गर्ने निर्णय गरे। र, काममा लागे । यो प्रविधिमा बिरुवाको फेदमा माटोको सट्टा नरिवलको जटा प्रयोग गरिन्छ। यसलाई कोकोपिट पनि भनिन्छ । जटालाई पिसेर धुलो बनाइन्छ र गमलामा राखिन्छ । सार्न मिल्ने भएको बिरुवा त्यसैमा रोपिन्छ । जटाको काम बिरुवा अड्याउने र चिस्यान राखिराख्ने मात्रै हो । गमलामा थोपा सिँचाइबाट पानी र पोषकतत्व पुर्याइन्छ । पोषक तत्वले बाली फस्टाउँछ र फल दिन्छ ।

यसरी खेती गर्न ग्रिन हाउस चाहिन्छ। विषादी पनि हालिँदैन। ‘बाहिरको हावापानी आवश्यक हुँदैन । गर्मी भए सेडभित्र जडित पंखा आफैं चल्छ, चिसो भए बन्द हुन्छ’, पौडेलले भने । यो तरिकाबाट फलेको तरकारीको आकार भने माटोमा उत्पादन भएजस्तो ठूलो हुँदैन । 

अढाई सय ग्रामसम्मको फल उत्पादन हुन्छ । श्रमशक्ति कम हुने भएकाले व्यावसायिक खेतीका लागि यो प्रविधि उपयुक्त हुने वरिष्ठ कृषि विकास अधिकृत रामबहादुर खत्री बताउँछन् । कम जग्गामा पनि हाइड्रोपोलिक प्रविधिबाट तरकारी खेती गर्न सकिने उनले बताए । ‘यो प्रविधि गर्मी बढी र माटो कम हुने क्षेत्रमा उपयुक्त हुन्छ’, उनले भने, ‘विषादीको प्रयोग नै नहुने भएकाले स्वस्थकर पनि छ ।’

सलादका रूपमा यी उपज बढी बिक्री हुने उनको विश्वास छ । बुटवल मण्डपमा जस्तै उनले विष्णुपूरामा पनि दैनिक सरदर ५० जनालाई खेती र प्रविधिबारे जानकारी गराउँछन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय