2026-09-21 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बगर होस् या घरको छत ! माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु

पुष १४, बुटवल । खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस् । माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको छत । जहाँ पनि यो तरिकाबाट प्रशस्त खेती गर्न सकिन्छ ।

रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन् । उनले विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका छन् । आफूले गरिरहेको कामबारे उनले बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा जानकारी दिइरहेका छन् । यो प्रविधिलाई उनले प्रदर्शनमा राखेका छन् । माटोबिनै तरकारी फलाउने तरिकाबारे जानकारी दिन उनलाई भ्याइनभ्याई छ ।

पौडेल वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । त्यहाँ उनले १० वर्ष बिताए । होटल म्यानेजमेन्ट पढेका उनले पाँच तारे होटलमा काम गरेका थिए । त्यहीं उनले माटोविहीन तरकारी खेती देखे ।

नेपाल फर्केपछि त्यही तरिकाले खेती गर्ने निर्णय गरे। र, काममा लागे । यो प्रविधिमा बिरुवाको फेदमा माटोको सट्टा नरिवलको जटा प्रयोग गरिन्छ। यसलाई कोकोपिट पनि भनिन्छ । जटालाई पिसेर धुलो बनाइन्छ र गमलामा राखिन्छ । सार्न मिल्ने भएको बिरुवा त्यसैमा रोपिन्छ । जटाको काम बिरुवा अड्याउने र चिस्यान राखिराख्ने मात्रै हो । गमलामा थोपा सिँचाइबाट पानी र पोषकतत्व पुर्याइन्छ । पोषक तत्वले बाली फस्टाउँछ र फल दिन्छ ।

यसरी खेती गर्न ग्रिन हाउस चाहिन्छ। विषादी पनि हालिँदैन। ‘बाहिरको हावापानी आवश्यक हुँदैन । गर्मी भए सेडभित्र जडित पंखा आफैं चल्छ, चिसो भए बन्द हुन्छ’, पौडेलले भने । यो तरिकाबाट फलेको तरकारीको आकार भने माटोमा उत्पादन भएजस्तो ठूलो हुँदैन । 

अढाई सय ग्रामसम्मको फल उत्पादन हुन्छ । श्रमशक्ति कम हुने भएकाले व्यावसायिक खेतीका लागि यो प्रविधि उपयुक्त हुने वरिष्ठ कृषि विकास अधिकृत रामबहादुर खत्री बताउँछन् । कम जग्गामा पनि हाइड्रोपोलिक प्रविधिबाट तरकारी खेती गर्न सकिने उनले बताए । ‘यो प्रविधि गर्मी बढी र माटो कम हुने क्षेत्रमा उपयुक्त हुन्छ’, उनले भने, ‘विषादीको प्रयोग नै नहुने भएकाले स्वस्थकर पनि छ ।’

सलादका रूपमा यी उपज बढी बिक्री हुने उनको विश्वास छ । बुटवल मण्डपमा जस्तै उनले विष्णुपूरामा पनि दैनिक सरदर ५० जनालाई खेती र प्रविधिबारे जानकारी गराउँछन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो