२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालकै पहिलो स्थानिय तह बन्यो कपुरकोट

२०७५, ६ माघ आईतवार १४:१७

माघ ६, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानिय तह बनेको छ । आइतबार गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणालि प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजि प्रालिका म्यानेजिङ डाइरेक्टर युवराज आचार्यले कृषि संग सम्बन्धीत मोवायल एप्स अन्य निकायले ल्याएको भएपनि स्थानीय तहहरु मध्ये नेपालमै पहिलो पटक कपुरकोट गाउँपालिकाले यस प्रकारको एप्स बनाएर सार्वजनीक गरेको दाबी गरे ।

‘कृषि कपुरकोट’ नामक मोवायल एप्लीकेशन किसानले आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर मौसम, कृषि र प्रविधि सम्वन्धि जानकारी प्राप्त गर्न सक्ने छन् । किसान इन्टरनेटको पहुँचमा नहुने भएकोले इन्टरनेट भएको स्थानमा पुगेर मोबाइलबाट एकपटक डाउनलोड गरेपछि अफलाइन सेवा मार्फत घरमै बसि बसि विविध जानकारि लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जनाए ।

एप्समा कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचना÷समाचार, बजार भाउ, मौसम पूर्वानुमान, कृषि तालिम, कृषि दस्तावेज, ग्यालरी, अत्यावश्यक फोन नं तथा विज्ञ विवरण समेत एप्समा उपलव्ध रहेका छन् ।

‘किसानले आफ्ना समस्या मोवायल एप्सबाटै कृषि विज्ञलाइ च्याट मार्फत राख्न तथा फोन गरेर सोध्न सक्छन्,’ प्रमुख प्रशासकीय अधिकृत रिजालले भने, ‘कपुरकोट क्षेत्रको कृषिलाइ माथी उठाउन एप्लीकेशनले ठूलो सहयोग पुर्याउने हाम्रो अपेक्षा छ ।’ विशेष गरि कपुरकोट ताजा तरकारि र फलफुल खेतीका लागी ख्याति कमाएकाले किसानलाइ नयाँ नयाँ प्रविधिबारे जानकारि गराउन र खेती गर्दा आइपर्ने समस्यालाइ तत्काल समाधान गरि घाटा हुन नदिन एप्सलाइ उपयोग गर्नुपर्ने धारणा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले राखेका छन् ।


सूचना तथा सञ्चार प्रविधिमा आएको परिवर्तनसंगै किसानको हातहातमै सूचना पुर्याउन आफ्नै लगानीमा गाउँपालिकाले ‘कृषि कपुरकोट’ एप्स सार्वजनीक गरेको बताए । उनले भने, ‘किसानका लागी यो एउटा महत्वपूर्ण एप्स हो । सबैले आफ्नो स्मार्टफोनमा डाउनलोड गर्ने तथा अरुलाइ पनि यो एप्स राख्नका लागी सूचना प्रवाह सबैले गर्नपर्छ ।’ साथै अध्यक्ष सेनले एप्लीकेशनमा नयाँ नयाँ जानकारि तथा विवरणहरु थप गर्न र किसानका समस्या समाधान गर्न कृषि, पशु सेवा शाखाका प्राविधिकहरुलाइ निर्देशन दिए ।

अनुसन्धानबाट प्राप्त उन्नत तथा उत्पादनशील कृषि प्रविधिको जानकारी र असल सिकाइहरु किसानबीच हस्तान्तरण गर्न एप्स उपयोगी मानिएको छ । कृषकलाई प्रविधिसँग जोड्न ल्याइएको यस एप्सले किसानले कुनै समस्याको प्रश्न पठाए उत्तर पनि दिने भएको हुँदा किसानलाई सहज बनाउने कपुरकोट गाउँपालिकाको अपेक्षा छ ।

कृषि साथीको रुपमा आएको यस एप्सलाइ प्रयोग गरेर किसानहरुले प्रविधिको विकाससंगै आफुलाइ पनि अपडेड गर्नुपर्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत बुद्धिराज पौडेल बताउँछन् । कृषि लगाएत हरेक क्षेत्रमा प्रविधिको भरपुर प्रयोग गरेमा निकै फाइदा र सहज हुने उनको भनाइ छ । ‘कृषि कपुरकोट’ नामक मोवायल एप्स कुनै पनि स्मार्ट फोनमा प्ले स्टोरबाट डाउनलोड गर्न सकिने र सबै जानकारिहरु नेपालिमै उपलव्ध रहेको पौडेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ