२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कपुरकोट गाउँपालिकामा तरकारीको ब्याड राख्नु अघि नै अन्तरक्रिया कार्यक्रम

९ माघ २०७५, बुधबार १२:१५

माघ ९, सल्यान । वेमौषमी तरकारि खेतीका लागी देशभरमै प्रख्यात सल्यान कपुरकोट क्षेत्रका किसानले गत वर्ष ठूलो घाटा व्यहोर्न परेपछि यस वर्ष तरकारिको ब्याड राख्नु अघि नै वृहत अन्तरक्रिया गरिएको छ । 

कपुरकोट गाउँपालिकाले उन्नत कृषि केन्द्र संगको समन्वयमा अगुवा कृषक, एग्रोभेट सञ्चालक, व्यापारि र सरोकारवालाहरुलाइ एकै ठाउँमा राखेर बुधबार अन्तरक्रिया सम्पन्न गरेको हो । 

गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको अन्तरक्रियामा किसानहरुले गत वर्ष टमाटरको फरक जातको विउ हात पर्दा राम्रो उत्पादन नभएको र उत्पादित टमाटर विक्रि नै नभएको गुनासो गरे । 

व्यापारि, एग्रोभेटको मारमा आफुहरु परेको जनाउँदै अगुवा कृषक झुपलाल घर्तीले गएको सिजनमा लगाएको २२ सय बोट टमाटरबाट ठूलो घाटा व्यहोर्नुपरेको गुनासो गरे । तर एग्रोभेट सञ्चालकहरुले भने यसमा आफुहरुको दोष नभइ विदेशबाट आउँदा नै विउ उत्पादक कम्पनीको कमजोरिले तरकारिको फरक जातको विउ आएको बताए । कार्यक्रममा शित भण्डार निर्माण देखि किसानको खेतबारिमा कृषि प्राविधिकहरु पुग्नुपर्ने कुराहरु जोडतोडको साथ उठेका थिए । 

अन्तरक्रियामा उठेका विषयमा गाउँपालिकाको तर्फबाट जवाफ दिदै अध्यक्ष भिम बहादुर सेनले किसानहरुका लागि आर्थिक उपार्जन गर्न सकिने गरी गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रमहरुको अनुगमन, निरिक्षणमा जोड दिइने बताएका थिए ।  कृषि पेशालाई आम जनताको आकर्षण र आत्मसम्मानको पेशा बनाउने र त्यसलाई व्यवसायिकरण गर्न आवश्यक रहेको र आफुहरु त्यस काममा लागिरहेको सेनले जनाए । 

पत्रकार शंकर के सीले सहजीकरण गरेको कार्यक्रममा गाउापालिकाका उपाध्यक्ष तिला बुढा मगर, उन्नत कृषि केन्द्रका सञ्चालक घनश्याम शर्मा, प्रकाश भण्डारी, टोपेन्द्र केसी, गिरीराज ओली, इश्वर बुढा लगाएतकाले बोल्दै कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन आवश्यक रहेकोमा जोड दिएका थिए । 

अन्तरक्रियाबाट निकालिएका निचोडहरुलाइ समेटेर केहि महत्वपूर्ण निर्णयहरु गरिएको गाउँपालिकाका आर्थीक विकास समितीका संयोजक यम कुमार वस्नेतले जनाएका छन् । कपुरकोट गाउँपालिकाभित्र वेमौषमी तरकारि खेती प्रविधि, उत्पादन तथा बजारिकरण, कृषि पर्यटनको विकासमा सम्भाव्यता अध्यन र छलफल गर्न सीआरएस नेपाललाइ प्राविधिक सहयोगका लागी अनुरोध गर्ने निर्णय गरिएको उनले जनाए । 

यस्तै गाउँपालिका कार्यालय, किसान, व्यापारि र इच्छुक व्यक्तिहरुको लगानीबाट कपुरकोटमा चिस्यान केन्द्र स्थापनाका लागी छिट्टै डीपीआर निर्माण गरि काम अघि बढाउने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ