2026-06-25 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कपुरकोट गाउँपालिकामा तरकारीको ब्याड राख्नु अघि नै अन्तरक्रिया कार्यक्रम

2019-01-23

माघ ९, सल्यान । वेमौषमी तरकारि खेतीका लागी देशभरमै प्रख्यात सल्यान कपुरकोट क्षेत्रका किसानले गत वर्ष ठूलो घाटा व्यहोर्न परेपछि यस वर्ष तरकारिको ब्याड राख्नु अघि नै वृहत अन्तरक्रिया गरिएको छ । 

कपुरकोट गाउँपालिकाले उन्नत कृषि केन्द्र संगको समन्वयमा अगुवा कृषक, एग्रोभेट सञ्चालक, व्यापारि र सरोकारवालाहरुलाइ एकै ठाउँमा राखेर बुधबार अन्तरक्रिया सम्पन्न गरेको हो । 

गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको अन्तरक्रियामा किसानहरुले गत वर्ष टमाटरको फरक जातको विउ हात पर्दा राम्रो उत्पादन नभएको र उत्पादित टमाटर विक्रि नै नभएको गुनासो गरे । 

व्यापारि, एग्रोभेटको मारमा आफुहरु परेको जनाउँदै अगुवा कृषक झुपलाल घर्तीले गएको सिजनमा लगाएको २२ सय बोट टमाटरबाट ठूलो घाटा व्यहोर्नुपरेको गुनासो गरे । तर एग्रोभेट सञ्चालकहरुले भने यसमा आफुहरुको दोष नभइ विदेशबाट आउँदा नै विउ उत्पादक कम्पनीको कमजोरिले तरकारिको फरक जातको विउ आएको बताए । कार्यक्रममा शित भण्डार निर्माण देखि किसानको खेतबारिमा कृषि प्राविधिकहरु पुग्नुपर्ने कुराहरु जोडतोडको साथ उठेका थिए । 

अन्तरक्रियामा उठेका विषयमा गाउँपालिकाको तर्फबाट जवाफ दिदै अध्यक्ष भिम बहादुर सेनले किसानहरुका लागि आर्थिक उपार्जन गर्न सकिने गरी गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रमहरुको अनुगमन, निरिक्षणमा जोड दिइने बताएका थिए ।  कृषि पेशालाई आम जनताको आकर्षण र आत्मसम्मानको पेशा बनाउने र त्यसलाई व्यवसायिकरण गर्न आवश्यक रहेको र आफुहरु त्यस काममा लागिरहेको सेनले जनाए । 

पत्रकार शंकर के सीले सहजीकरण गरेको कार्यक्रममा गाउापालिकाका उपाध्यक्ष तिला बुढा मगर, उन्नत कृषि केन्द्रका सञ्चालक घनश्याम शर्मा, प्रकाश भण्डारी, टोपेन्द्र केसी, गिरीराज ओली, इश्वर बुढा लगाएतकाले बोल्दै कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन आवश्यक रहेकोमा जोड दिएका थिए । 

अन्तरक्रियाबाट निकालिएका निचोडहरुलाइ समेटेर केहि महत्वपूर्ण निर्णयहरु गरिएको गाउँपालिकाका आर्थीक विकास समितीका संयोजक यम कुमार वस्नेतले जनाएका छन् । कपुरकोट गाउँपालिकाभित्र वेमौषमी तरकारि खेती प्रविधि, उत्पादन तथा बजारिकरण, कृषि पर्यटनको विकासमा सम्भाव्यता अध्यन र छलफल गर्न सीआरएस नेपाललाइ प्राविधिक सहयोगका लागी अनुरोध गर्ने निर्णय गरिएको उनले जनाए । 

यस्तै गाउँपालिका कार्यालय, किसान, व्यापारि र इच्छुक व्यक्तिहरुको लगानीबाट कपुरकोटमा चिस्यान केन्द्र स्थापनाका लागी छिट्टै डीपीआर निर्माण गरि काम अघि बढाउने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ