२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लुट्न सके लुट…’ बोलको गीत काँग्रेसकै लागि बनेको हो त ?

६ फाल्गुन २०७५, सोमबार ०८:५०

अनिल अधिकारी | पशुपति शर्माको 'लुट्न सके लुट…' बोलको गीत भाइरल भएपछी त्यसै गीतलाई राजनीतिक मुद्धा बनाइदै छ । यही गीतलाई आफ्नो आन्दोलनको गीत बनाउदै केहि स्थानमा सरकारको बिरोध गर्ने माध्यम बनाइएको छ भने युवासंघ तथा नेकपा नेतृत्वको लागि यो गीत टाउको दुखाईको गीत सावित भएको छ ।

के यो गीत बिपक्षी पार्टी कांग्रेसलाई पक्षपोषण गर्न बनाइएको हो त  ? 

आफ्नो पार्टीले जे नीति लिन्छ त्यसलाई सहि/गलत बुझ्दैनबुझी समर्थन गर्ने, नचाहिएको बिषयमा पनि आन्दोलन गरेर जनतालाई दुख दिने, बन्द हड्ताल गर्ने, आक्रामक हुने तथा हुलदंगामा उत्रिने जस्ता क्रियाकलापहरु बिभिन्न पार्टीका कार्यकर्ताले गर्ने हुँदा त्यस्तालाई पशुपति शर्माको गीतले 'कुकुर' को संज्ञा दिएको छ । यो बिषयमा नेकपा, कांग्रेस सहित अन्य पार्टीका कार्यकर्ता समेत प्रत्यक्ष मुछिन्छन् । गायक पशुपति शर्माले आफ्नो गीतमा हजुरबुबाको पालादेखि अहिलेसम्म स्वर्गजस्तो देशलाई नेताहरुले लुटेको र कार्यकर्ताहरु कुरै नबुझी कुकुरले झैं भुक्दै आएको भाव व्यक्त गरेका छन् । जुन भावले कांग्रेस र उसका कार्यकर्तालाई समेत मज्जाले छुन्छ । पछिल्लो पटक अन्तर्वार्ताहरुमा गायक शर्माले आफूले तोकेर नेकपाको सरकारलाई मात्र गलत नभनेको स्पष्ट पार्नुले पनि यस बिषयमा स्पष्ट हुन्छ । उनले आफूले परिस्थितिलाई हेरेर गीत सृजना गरेको बताएका छन् र जोड दिदै भनेका छन् कि 'म कूनै राजनीति गर्ने व्यक्ति होइन ।' गायक शर्माले यस अघि पनि थुप्रै व्यंग्यात्मक गीतको सृजना गरेका छन् । 

पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समेत निकै ठूलो खैलाबैला मच्चिएपछी यसको प्रत्यक्ष लाभ लिने कांग्रेसको दाउ छ । जति सकिन्छ नेकपाको सरकार प्रति जनताको आशा गिराएर अर्को पटकको चुनावमा सत्ता आफ्नो पक्षमा पार्ने कांग्रेसको लक्ष्य छ । यस्तो अवस्थामा कांग्रेस उचालिनु स्वभाविकनै हुनसक्छ तर उसले पनि यस अघि सरकारको नेतृत्व गरेर दिएको उपलब्धिका अनुभवहरु जनस्तरमा छर्लंग नै छन् । प्रत्यक्ष वा परोक्ष रुपमा वाइडबडी काण्डमा कांग्रेसका नेताहरु पनि मुछिएकै छन् । २००७ सालदेखि हालसम्मको नेतृत्वमा कम्युनिष्टले भन्दा बढी साशन सम्हालेको कांग्रेसले हालसम्म गरेको कामहरु प्रति जनता जानकारनै छन् । प्रतिपक्षमा बसेर जे-जे सरकारले ध्यान दिएको छैन त्यसमा ध्यान जगाउनु कांग्रेसको कर्तव्य हो । सुन काण्ड, वाइडबडी काण्ड, निर्मला पन्त हत्याकाण्ड, बुढीगण्डकी आयोजना काण्ड बारे त्यत्रो शक्तिशाली प्रतिपक्षीले कुनै तरिकाले सरकारलाई दवाव दिन सकेको छैन । यस मध्ये पनि कतिपय काण्डमा कांग्रेसकै नेताहरुको नाम समेत मुछिएका छन् । 

गायक पशुपति शर्माले गितमा समसामयिक बिषय समेट्नु स्वभाविकनै छ किन भने यस अघिकाका ९/१० महिने सरकार भन्दा धेरै आशाको सरकार अहिले छ ।  दुईतिहाइको सरकार चल्दा समेत उही सास्ती जनस्तरमा छ । हरेक सरकारी कार्यालयमा भ्रष्टाचार व्याप्त छ । त्यसमा पनि मिलिमतो र सेटिङ सर्वव्यापी छ । यो अवस्थामा गायक शर्माको गीतले अलि बढी नेकपा वा सरकार पक्षलाई छुनु स्वभाविकनै हुन्छ तर गीतले कांग्रेसलाई नछोएको वा गीतमा राजनीतिकरण भएको भन्न मिल्ने अवस्था छैन । गीतको  सम्पादनमा केहि त्रुटी हुनसक्छ । कुनै एक पार्टी बिशेषको झण्डा मात्र नभई यस अघि सरकार चलाएका पार्टी बिशेषको झण्डा पनि झुलुक्क देखाईदिएको भए गज्जब हुन्थ्यो । तर यस बिषयमा गायक पशुपति शर्माले त्रुटी भएको स्वीकारेका छन् र त्यसैले पनि होला भिडियो हटाईसकेका पनि छन् । 


गायक शर्माले गीतको शब्द आफूले रचना गरेको नभई जनबोलीलाई टिपेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक पशुपति शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गर्नु वर्तमान समयसँग सुहाउदो छ । जे प्रधानमन्त्रीले बोल्छन् परिस्थिति त्यसो वास्तवमै छैन । लुट मच्च्याउनेले बिभिन्न बहानामा लुटको खेति गरिनैरहेका छन् । जुन लुट कुनै पार्टी विशेषले भन्दा पनि आफ्नो सत्ता पाउँदा अर्को पक्षले पनि लुट्दै आएको स्पष्ट छ । लुट्ने कुरामा कांग्रेस पनि अछुतो छैन । यदी कांग्रेसले नेतृत्व सरकार चलाउँदा एउटा अवस्था अनि कम्युनिष्ट नेतृत्वले सरकार चलाउँदा अर्कै अवस्था भएको भान भएको भए जनताले कांग्रेसलाई पनि पत्याउन सक्थे तर त्यसो भएका छैनन् । यस अघि आलोपालो नेतृत्व चलाउँदै आएका कांग्रेस, एमाले, माओवादी मध्ये कुनैको नेतृत्वमा बनेको सरकारले पनि जनतालाई अचम्म लाग्दो काम गर्न नसकेको परिस्ठितीमा कांग्रेसले आफूलाई अब्बल ठान्नु वा बिपक्षीको बिरुद्ध आएका बिषयलाई उचाल्नु भन्दा पनि आफूलाई भविष्यमा कसरी सुधार्ने भन्नेमा ध्यान दिन सक्नुपर्ने देखिन्छ । सरकार कम्युनिष्टले चलाए पनि स्थानीय तहहरुमा कांग्रेसका जनप्रतिनिधिहरुको नेतृत्व छ । के त्यहाँ ति जनप्रतिनिधिले लुटको खेति गरिरहेका छैनन् ? त्यसैले गायक शर्माको गीतको भाव जनस्तरले बुझ्दा नेकपाको लागि बढी इंगित जस्तो देखिए पनि कांग्रेसबाट पटक्कै अछुतो छैन । अहिले कांग्रेसको सरकार नभएको कारणले कांग्रेसलाई यो गीतले मलजल गरेजस्तो लागेपनि यो गीतले कांग्रेसलाई अझै बढी छुन सक्छ । शर्माको गीतले राजा साशनकालदेखिकै कुरालाई छोएको छ । हजुरबुबाको पालोदेखि आज नातिको पालासम्म यमराजको साशन भन्नुको मतलवले पनि स्पष्ट हुन्छ कि यो गीतले आजसम्म साशन गर्दै आएका सबै नेताहरुलाई छोएको छ । उनको शब्दमा पार्टीका कार्यकर्तालाई 'कुकुरझैँ भुक्छन्' भनेर भनेका छन् यो भावले नेकपा/कांग्रेस लगायत ज-जसले देशको साशन सत्ता चलायो, जुन-जुन पार्टीका नेताहरु मन्त्री बने तिनका कार्यकर्ताले समेत कुरा नबुझी व्यवहार गरेको भन्ने छ । 

भ्रष्टाचार गर्दिन र गर्नेलाई पनि छाड्दिन भनेर भाषण गर्ने प्रधानमन्त्रीकै कार्यकाल अझ त्यसमा पनि दुईतिहाईको स्पष्ट बहुमत भएको सरकारकै कार्यकालमा सुनकाण्ड, वाइडबडी काण्ड, हत्या बलात्कार जस्ता घटना बढावा हुनुले गीतको भावलाई अझ सशक्त बनाईदिएको छ । यो गीत भाईरल हुनुमा देशभक्त लाखौँ सामाजिक संजाल प्रयोगकर्ताको मनको गीत टपक्कै टिपेको भन्ने स्पष्ट छ । पत्रपत्रिकामा आएका बेथितिका ठूला-ठूला घटनाको आधारमा गीत रचिएको कारण पनि गीतले चर्चा पाएको छ । 

काम केही नगर्ने, ठूला–ठूला भाषणमात्र गर्ने, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएका छन् । गीतमा राजधानी सहित देशभर विकासका आयोजना अलपत्र परेको, जता–ततै लुटतन्त्रले राज गरेको प्रसंग जोडिएको छ । 

कस्ता छन् शब्द ? 

गणतन्त्र ल्याएँ भन्छन् फाल्यौँ भन्छन् राजा 

त्यही फालेका राजा जस्ता कयौँ निस्के आज

जनताको मुटुभित्र काँडा कति कति 

डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति

वाइडबडी जहाज किने रे लुट्नैसम्म लुटे 

सुनकाण्ड खै कहाँ पुग्यो, जेलमै छन् कि छुटे

ठूलै नेता भ्रष्टाचारी न नडराउछन् न लुक्छन्, 

कार्यकर्ता केही बोल्दैनन् कुकुरजस्तै भुक्छन्

हजुरबा’नि यसै मरे, बाउ’नि यसै मर्छन् 

हाम्रो पनि त्यही हो गति विकास कहिले गर्छन्

गर्ने काम केही होइन ठूला-ठूला भाषण

स्वर्गजस्तो देशमा हजुर यमराजको शासन !

माथिका शब्दहरुमा पार्टी बिशेष कुरा झल्किएको छ भनेर आरोप लगाउन सकिन्न । वर्तमान प्रधानमन्त्री र राष्ट्रपतिलाई शब्दमा जोडिएको कारण एकातर्फी जस्तो देखिएपनि प्रधानमन्त्री र राष्ट्रपति सबैको साझा हो । एउटा साझा नेतृत्व सबैको जिम्मेवार हुन्छन् । त्यस्तो नेतृत्वले देशमा भए/गरेका गलत कामको जवाफदेहिता बहन गर्नुपर्छ । दैनिक संचार माध्यममा आएका र बहश उठेका बिषयबस्तुलाई ध्यान नदिँदा जनतामा सरकार प्रति सकारात्मक धारणा पैदा नहुनु स्वभाविकनै हुन्छ । पछिल्ला केहि काण्डहरु त्यसै सेलाएर जानुले पनि यो गीतको भावलाई जीवन्त बनाइदिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?